सलमान खानसँगको फिल्म पूरा नहुँदै अस्ताए प्रशान्त
सारांश
- प्रशान्त तामाङ, चर्चित गायक तथा अभिनेताको आइतबार हृदयघातका कारण निधन भएको छ।
- उनले 'इन्डियन आइडल २००७' जितेर चर्चा कमाएका थिए, र उनी भारतीय प्रहरीका पूर्व जवान समेत थिए।
- उनले 'ब्याटल अफ गलवान' मा काम गरिरहेका थिए, जहाँ उनको डबिङ बाँकी थियो।
काठमाडौँ । आइतबार हृदयघातका कारण निधन भएका अभिनेता प्रशान्त तामाङ चर्चित गायक तथा अभिनेता हुन् । तामाङले भारतीय टेलिभिजन च्यानल सोनी इन्टेर्टेन्मेन्ट टिभीको रियालटी शो ‘इन्डियन आइडल २००७’ बाट चर्चा कमाएका थिए ।
उक्त शो विजेता समेत बनेका उनी भारतीय प्रहरीका पूर्व जवान पनि हुन् । शोमा सहभागी भएको समय उनी प्रहरीमै कार्यरत थिए । तामाङका पिताको प्रहरीमै रहेका बेला सवारी दुर्घटनामा निधन भएपछि उनलाई कोलकात्ता प्रहरीमा उक्त जागिर गर्ने अवसर प्राप्त भएको थियो । प्रशान्तको जन्म भारतमा दार्जिलिङको तुङ्सुङ भन्ने ठाउँमा भएको थियो ।
जिन्दगीमा कहिल्यै औपचारिक रूपमा सङ्गीतको शिक्षा हासिल नगरेका उनले ‘इन्डियन आइडल’ जितेपछि गायन सुरु गरेका थिए । इन्डियन आइडल जितेपछि पहिलो पटक नेपालको पोखरा र काठमाडौँका कन्सर्ट गरेका उनले नेपाली फिल्म ‘गोर्खा पल्टन’बाट अभिनय सुरु गरेका थिए ।
त्यसपछि उनी नेपाली फिल्म ‘परदेशी’ र ‘परदेशी २’ मा देखिए । उनको पछिल्लो नेपाली फिल्म ‘परदेशी २’ हो । उनी अभिनीत तीन वटै नेपाली फिल्म हिट मानिन्छ ।
उनले अभिनय गरेका नेपाली फिल्म ‘परदेशी’ र ‘परदेशी २’का निर्माता राजेश बंशलका अनुसार उनी अहिले सलमान खान अभिनीत फिल्म ‘ब्याटल अफ गलवान’ मा काम गरिरहेका थिए । फिल्ममा उनले चाइनिज आर्मीको भूमिका निर्वाह गरेका छन् । फिल्ममा उनको डबिङ बाँकी नै छ ।
‘फिल्म डबिङका लागि चाइनिज भाषा सिक्ने तयारी गर्दैछु दाइ भन्थे’, राजेश बंशलले भने ‘आज मृत्यु भएको सुन्दा पत्याउन सकेको छैन ।’ ‘उनको परिवारका सदस्यबाट मृत्यु भएको खबर थाहा पाएपछि पत्याउनु नै पर्यो’, राजेशले थपे । बंशलका अनुसार तामाङ एक सहयोगी, मिलनसार र मिहिनेती व्यक्ति थिए ।
सबै कुरोलाई पोजेटिभ रूपमा मात्र हेर्न उनको बंशलसँग केही दिनपछि भेट्ने कुरो थियो । तर आज अचानक मृत्युको खबर सुन्दा आफूलाई निकै दुखी बनाएको बंशलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण