सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अपडेट

हृदयघातका कारण गायक प्रशान्त तामाङको निधन

आइतबार, २७ पुस २०८२, ११ : ५५
आइतबार, २७ पुस २०८२

सारांश

  • गायक प्रशान्त तामाङको हृदयघातका कारण निधन भएको छ।
  • उनी भारतीय आइडलको तेस्रो संस्करणका विजेता थिए।
  • पछिल्लो समय उनी दिल्लीमा बस्दै आएका थिए।

काठमाडौँ । गायक प्रशान्त तामाङको हृदयघातका कारण निधन भएको छ । उनको आइतबार निधन भएको निर्माता राजेश वंशलले तामाङकी श्रीमतीलाई उदृत गर्दै रातोपाटीसँग पुष्टि गरे । 

‘मेरो तीन दिन अघि पनि कुरा भएको थियो । आज अचानक निधनको कुरा सुन्दा पत्याउन सकिरहेको छैन’, निर्माता वंशलले भने ‘उहाँको घरका सदस्यलाई सोध्दा हृदयघात भएको बताउनु भयो ।’

इन्डियन आइडल विजेता बनेपछि चर्चामा रहेका तामाङ पछिल्लो समय सलमान खान अभिनित फिल्म ‘ब्याटल अफ गलवान’ अभिनयरत थिए । जसको डबिङ समेत बाँकी रहेको छ ।

तामाङले नेपाली फिल्म, ‘गोर्खा पल्टन’, ‘परदेशी’, ‘परदेशी २’ लगायत नेपाली फिल्म अभिनय गरेका छन् । उनले थुप्रै चर्चित गीत दिएका छन् ।

भारतीय मूलका नेपालीभाषी गायक तामाङ भारतीय टिभी रियालिटी शो इन्डियन आइडलको तेस्रो संस्करणका विजेता हुन् । उनले केही नेपाली चलचित्रमा अभिनय गर्नुका साथै स्वर पनि दिएका छन् । उनी पछिल्लो समय दिल्लीमा बस्दै आएको बताइएको छ । त्यहीँ उनको निधन भएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप