नेपाली कांग्रेस गुट र कृपाबाट मुक्त हुनुपर्छ : नेतृ भुसाल
सारांश
- काठमाडौंमा संस्थापन समूहको असहयोगका बाबजुद बहुमत प्रतिनिधिहरूको समर्थनमा कांग्रेसको विशेष महाधिवेशन हुँदैछ।
- आइतबार राजधानीको भृकुटीमण्डपमा महाधिवेशन उद्घाटनको तयारी भइरहेको छ।
- यो समाचार कांग्रेसको विशेष महाधिवेशन सम्बन्धी अपडेट हो।
काठमाडौँ । नेपाली कांग्रेसकी नेतृ पुष्पा भुसालले नेपाली कांग्रेस गुट र कृपाबाट मुक्त हुनुपर्ने बताएकी छन् ।
आइतबार काठमाडौँमा सुरु भएको विशेष महाधिवेशनमा शुभकामना मन्तव्य राख्दै भुसालले कांग्रेसका कोही पनि नेता कार्यकर्ता विधानभन्दा बाहिर जान नसक्ने बताएकी हुन् ।
साथै उनले कांग्रेसलाई कम्युनिस्टबाट समेत मुक्त गर्नुपर्ने धारणा राखिन् । ‘नेपाली कांग्रेस अब गुट र कृपाबाट अलग हुनुपर्छ । हामी गुट र कृपा मान्दैनौँ’, भुसालले भनिन् ‘कांग्रेसलाई कम्युनिस्टबाट पनि मुक्त गर्नुपर्छ ।’
उनले कांग्रेसका ५४ प्रतिशत प्रतिनिधिहरूले महाधिवेशनको माग गर्दै हस्ताक्षर पार्टी कार्यालयमा दर्ता भएपछि नेताहरूको घरमा गएर विधानबारे जानकारी गराएको स्मरण गराइन् ।
तर त्यसक्रममा आफूहरू निराश भएर फर्किनुपरेको भन्दै विधान भन्दा बाहिर कोही नेता कार्यकर्ता जान नसक्ने भएकाले विशेष महाधिवेशनले सोही सन्देश दिनसक्नुपर्ने बताइन् ।
‘विशेष महाधिवेशनको कुरुक्षेत्रमा सहभागी देशभरका नेता कार्यकर्ता विजय हासिल गरेर कांग्रेसको झण्डा फहराउँदै जिल्ला फर्कन चाहन्छौँ’,भुसालले भनिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टीको औपचारिक निर्देशन नआएसम्म एमालेले राजीनामा नदिने
-
डाटा माइग्रेसन र कर मिलान गरिँदै: अति आवश्यकबाहेक यातायात कार्यालय नजान अनुरोध
-
नक्शाल बाल गृहबाट २० बालबालिकाको उद्धार
-
बागमती प्रदेशमा अत्यावश्यक बाहेकका यातायातसम्बन्धी सेवाहरू एक हप्ताका लागि स्थगित
-
उत्तरी भियतनाममा बाढी र पहिरोबाट ५ जनाको मृत्यु, तीन बेपत्ता
-
कञ्चनपुरमा च्याउ खोज्न गएका १४ जना महिलाको खोजीमा सेना खटियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण