सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय
कांग्रेस विशेष महाधिवेशन

कांग्रेसको नीति र नेता बदल्ने गगन थापाको घोषणा

आइतबार, २७ पुस २०८२, १८ : ४०
आइतबार, २७ पुस २०८२

सारांश

  • नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको नीति र नेतृत्व बदल्ने घोषणा गरे।
  • भृकुटीमण्डपमा कांग्रेस विशेष महाधिवेशनमा उनले प्रतिनिधिहरुले नीति र नेतृत्व बदल्न चाहेको बताए।
  • थापाले नेता कार्यकर्ता कसैको दास नभएको र यो विषय कहाँ टुंगिन्छ थाहा नभएको बताए।

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको नीति र नेतृत्व बदलिने घोषणा गरेका छन् ।

आइतबार भृकुटीमण्डपमा कांग्रेस विशेष महाधिवेशनलाई सम्बोधन गर्दै महाधिवेशन प्रतिनिधिहरुले नै नीति र नेतृत्व बदल्न चाहेको बताए । 

उनले यस्तो अवस्थामा यो विषय कहाँ गएर टुंगिन्छ भन्ने आफूलाई पनि थाहा नभएको भन्दै कांग्रेस पार्टीका नेता कार्यकर्ता कसैको दास नभएको बताए ।

‘प्रतिनिधिहरुले नीति पनि बदल्ने नेता पनि बदल्ने भनेर माग्नु भएको छ । यो कहाँ गएर टुंगिन्छ । मलाई थाहा छैन’, उनले सम्बोधनका क्रममा भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप