मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

रुबियोलाई क्युबाको नयाँ नेता बनाउने स्मिथको पोस्टलाई राष्ट्रपति ट्रम्पद्वारा पुनः पोस्ट

आइतबार, २७ पुस २०८२, २३ : २७
आइतबार, २७ पुस २०८२

सारांश

  • ट्रम्पले क्युबाका रुबियोलाई नयाँ नेता बनाउने स्मिथको पोस्टलाई पुनः पोस्ट गरे।
  • ट्रम्पले सामाजिक सञ्जालमा स्मिथको पोस्टलाई पुनः प्रकाशित गर्दै प्रतिक्रिया दिए।
  • क्युबाको सरकारले अमेरिकी राष्ट्रपतिको सुझावमा तत्काल प्रतिक्रिया दिएन।

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले यस पहिले नै पोस्ट भएको ‘क्युबाका आप्रवासी अभिभावकबाट जन्मेका अमेरिकी विदेशमन्त्री मार्को रुबियोलाई क्युबाको नयाँ राष्ट्रपति बन्ने सुझाव दिएको’ सन्देशलाई पुनः पोस्ट (रि पोस्ट) गरेका छन् ।

ट्रम्पले आफ्नै लगानीको सामाजिक सञ्जाल ‘ट्रुथ सोशल प्लेटफर्म’मा जनवरी ८ मा एक्स प्रयोगकर्ता क्लिफ स्मिथले पोस्ट गरेको सन्देश पुनः प्रकाशित गरेका हुन् । उन्मात्त हासोका क्रममा आँसु झरिरहेको सङ्केत गर्ने ‘इमोजी’ सहित गरिएको पोस्टमा लेखिएको छ, “मार्को रुबियो क्युबाको राष्ट्रपति हुनुहुनेछ।”

पुनः पोस्ट गरेको आफ्नै पोस्टमा टिप्पणी गर्दै राष्ट्रपति ट्रम्पले भनेका छ, “मलाई राम्रो लाग्छ !”

ठुलो मात्रामा अज्ञात प्रयोगकर्ता रहेको र ‘कन्जरभेटिभ क्यालिफोर्नियाली’ को रूपमा चिनिने एक्समा ५०० भन्दा कम अनुयायी भएका स्मिथले यो पोस्टलाई केही दिन पहिले पोस्ट गरेका थिए ।

भेनेजुएलाका पूर्व नेता निकोलस मदुरोलाई अमेरिकी सेनाले काराकासमा रातारात गरेको कारबाहीमा दर्जनौँ भेनेजुएला र क्युवाली सुरक्षा बलको मृत्यु भएको एक हप्तापछि ट्रम्पले स्मिथको सन्देश पुनः पोस्ट गरेका हुन् ।

क्युबाको कम्युनिस्ट सरकारले अमेरिकी नागरिकले क्युवामा शासन गर्न सक्ने अमेरिकी राष्ट्रपतिको उत्तेजक सुझावलाई लिएर प्रत्यक्ष प्रतिक्रिया दिएको छैन ।

ट्रम्पको पोस्टको केही समयपछि क्युबाका विदेशमन्त्री ब्रुनो रोड्रिगेजले सामाजिक सञ्जाल एक्समा लेखेको पोस्टमा ‘अधिकार र न्याय क्युबाको हातमा छ’ भनेका छन् ।

रोड्रिगेजले एक्समा लेखेका छन्, “संयुक्त राज्य अमेरिका नियन्त्रण बाहिरको आपराधिक प्रभुत्वको जस्तो व्यवहार गर्दछ जसले क्युबा र यो गोलार्धमा मात्र होइन, सम्पूर्ण विश्वमा शान्ति र सुरक्षालाई खतरामा पार्छ।”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप