हिलोमा भासिएको चित्तलको उद्धार
सारांश
- दमकको हिलोमा फसेको चित्तललाई स्थानीयले फेला पारे ।
- प्रहरी र वन कार्यालयको टोलीले चित्तललाई उद्धार गर्यो ।
- चित्तललाई उपचार र संरक्षणका लागि जामुनखाडी सामुदायिक वनमा पठाइयो ।
झापा । यहाँको दमक नगरपालिका–२ स्थित हिलोको दलदलमा भासिएको अवस्थामा फेला परेको एउटा पोथी चित्तलको आइतबार उद्धार गरिएको छ ।
स्थानीय काली मन्दिर पछाडि ध्रुव गुरागाईँको खेतको हिलोमा भासिएर हिँडडुल गर्न नसक्ने अवस्थामा उक्त चित्तल स्थानीयवासीले फेला पारेका थिए । सब डिभिजन वन कार्यालय र इलाका प्रहरी कार्यालय दमकको टोलीले चित्तललाई दलदले भासबाट बाहिर सुरक्षित रूपमा निकालेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले जानकारी दिए।
उद्धारपछि चित्तललाई कनकाईस्थित जामुनखाडी सामुदायिक वन कार्यालयमा जिम्मा लगाइएको वन रक्षक वीरेन्द्र पौडेलले बताए । उक्त सामुदायिक बनमा जंगली जनावरको संरक्षण गरिँदै आएको छ । जिल्लाका विभिन्न स्थानमा फेला पर्ने जंगली जनावरहरू संरक्षण र उपचारका लागि जामुनखाडी सामुदायिक वनमा सञ्चालित संरक्षण केन्द्रमा पुर्याइने गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण