समानुपातिक सूची बुझाउन पाउनुपर्ने माग राख्दै अदालत जाने तयारीमा कुलमान
सारांश
- उज्यालो नेपाल पार्टी (उनेपा) ले समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउन पाउनुपर्ने माग गर्दै अदालत जाने तयारी गरेको छ।
- निर्वाचन आयोगले समय घर्किएको भन्दै सूची नलिएपछि, उनेपाले रास्वपासँगको एकता टुटेपछि छुट्टै सूची बुझाउन पाउनुपर्ने जनाएको छ।
- उनेपाले समानुपातिक निर्वाचन लड्न दल दर्ता गरी ५० हजार तिरेर रसिद लिएको र सूचीमा त्रुटि सच्याउन निवेदन दिएको थियो।
काठमाडौँ । कुलमान घिसिङ अध्यक्ष रहेको उज्यालो नेपाल पार्टी (उनेपा)ले समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाउन पाउनुपर्ने माग राख्दै अदालत जाने तयारी गरेको छ ।
निर्वाचन आयोगको आधिकारिक निर्णय लिएर आफूहरू अदालत जाने तयारी गरिरहेको उनेपाका केन्द्रीय सदस्य जितराम लामाले जानकारी दिए ।
उनले उनेपाले निर्वाचन आयोगमा समानुपातिक सूची बुझाएको र त्यसको लागि पैसा समेत तिरिसकेको अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)सँग एकता गरिएको बताउँदै भने,'अब रास्वपासँगको एकता टुटेपछि समानुपातिक उम्मेदवारको बन्दसूची छुट्टै बुझाउन पाउनु पर्ने भन्दै अदालत जाने तयारीमा छौँ ।'
उनले भने,'हामीले समानुपातिक निर्वाचन लड्ने भनेर समयमा नै दल दर्ता गरेकै छौँ । समानुपातिक सूची बुझाउन ५० हजार तिरेर रसिद पनि लिएका छौँ । समानुपातिक सूचीमा त्रुटि सच्याउने र नाम फिर्ता लिने समयभित्रै हाम्रो सूची लिइयोस् भनेर यसअघि नै निवेदन दिएका छौँ । त्यसबारे निर्वाचन आयोगको आधिकारिक निर्णय गरेको छैन ।’
उनेपा अब निर्वाचन आयोगको निर्णय कुर्दै अदालत जाने तयारीमा छ । अहिले निर्वाचन आयोगमा पुगेर आफूहरूले निवेदनको विषयमा जानकारी लिएको लामाले बताए ।
उनले आयोगले अहिलेसम्म कुनै पनि निर्णय नभएको जानकारी गराएको र उनेपाको समानुपातिक बन्दसूची नलिएकाले अदालत जाने बताए ।
निर्वाचन आयोगले दलहरूलाई यही पुस १३ र १४ गते समानुपातिक तर्फको बन्दसूची बुझाउन समय दिएको थियो । तर, उनेपाले पुस १४ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग सहमति गर्यो र रास्वपाकै सूचीमा आफ्नो पार्टीका उम्मेदवारको नाम समेत समावेश गर्यो ।
रास्वपासँगको सहमति भङ्ग हुनु अगाडि नै उनेपाले निर्वाचन आयोग गएर छुट्टै सूची लिइदिन निवेदन दिएको थियो । तर, आयोगले समय घर्किएको भनेर फर्काएको थियो ।
छुटाउनुभयाे कि ?
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
गर्मीको प्रिय फल लिचीलाई कसरी जोगाउने ?
-
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो टिभिएस रोनिनको दुई नयाँ भेरियन्ट, यस्ता छन् विशेषता र मूल्य
-
एक सातापछि सगरमाथा आधार शिविर क्षेत्रबाट दावा शेर्पाको उद्धार, थप उपचारको लागि काठमाडौँ ल्याइयो (तस्बिरहरू)
-
अफगानिस्तानमा बारुदी सुरुङ विस्फोट : २ जना बालबालिकाको मृत्यु
-
प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो
-
अल्छीपन छोड्नुहोस्, आयु बढाउनुहोस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण