सानिमा बैंक ‘नेपाल पे’कार्ड नेटवर्कमा आबद्ध, नेपाल क्लियरिङ हाउससँग सम्झौता
काठमाडौं । सानिमा बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेडबीच नेशनल कार्ड स्विच अन्तर्गत 'नेपाल पे' कार्ड नेटवर्कका लागि द्विपक्षीय सम्झौता भएको छ।
यो सम्झौतासँगै सानिमा बैंक नेशनल पेमेन्ट स्विच अन्तर्गतको डोमेस्टिक कार्ड स्किम ‘नेपाल पे’ कार्डको प्रमुख सदस्य बनेको छ।
सम्झौता पत्रमा सानिमा बैंकका तर्फबाट प्रमुख निक्षेप अधिकृत हेम राज संज्याल र नेपाल क्लियरिङ हाउस लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन्।
बैंकका अनुसार यो सम्झौताले नेपालभित्र हुने कार्ड कारोबारहरूको राउटिङ र सेटलमेन्टलाई थप सहज बनाउनेछ। साथै, यसले देशको आफ्नै केन्द्रिय भुक्तानी पूर्वाधारको रूपमा अन्तरसञ्जालन सुनिश्चित गर्न मद्दत पुर्याउने विश्वास लिइएको छ।
सानिमा बैंकले हाल देशका सातै प्रदेशमा रहेका १३४ वटा कार्यालय तथा १२७ वटा ए.टि.एम. नेटवर्क मार्फत आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण