निर्वाचन आयोगले भन्यो- उम्मेदवारी दर्तासँगै जनप्रतिनिधिको पद स्वतः खारेज हुन्छ
सारांश
- निर्वाचन आयोगले आगामी निर्वाचनमा उम्मेदवारी दिँदा बहालवाला जनप्रतिनिधिले राजीनामा दिनु नपर्ने स्पष्ट पारेको छ।
- उम्मेदवारी दर्ता भएपछि भने उनीहरूको पद स्वतः गुम्नेछ र समानुपातिक सूचीमा नाम दर्ता हुनासाथ पद जानेछ।
- आयोगका अनुसार, प्रत्यक्ष र समानुपातिक दुवै तर्फका उम्मेदवारको हकमा यो नियम लागू हुनेछ।
काठमाडौं । निर्वाचन आयोगले बहालवाला जनप्रतिनिधिले अर्को निर्वाचनमा उम्मेदवारी दिँदा पदबाट राजीनामा दिनुपर्ने कि नपर्ने भन्ने विषयमा स्पष्ट पारेको छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको सन्दर्भमा आयोगले जारी गरेको सूचना अनुसार बहालवाला जनप्रतिनिधिले उम्मेदवारी दर्ता गराउनु अघि राजीनामा दिइराख्नु पर्दैन। तर, उम्मेदवारी दर्ता भएपछि भने उनीहरूको त्यस्तो पद स्वतः गुम्नेछ।
आयोगका अनुसार सङ्घीय संसदको सदस्य, प्रदेश सभा सदस्य, गाउँ सभाको सदस्य वा नगर सभाको सदस्य पदमा बहाल रहेको व्यक्तिले सङ्घीय संसद वा प्रदेश सभा सदस्य पदका लागि हुने निर्वाचनमा उम्मेदवार भएमा मनोनयनपत्र दर्ता भएपछि त्यस्तो पदबाट स्वतः पदमुक्त भएको मानिनेछ।
यसको अर्थ, उम्मेदवार बन्न चाहने जनप्रतिनिधिले पहिले नै राजीनामा बुझाउनु नपरे पनि मनोनयन दर्ता गरेको क्षणबाटै उनीहरूको साविकको पद खारेज हुनेछ।
साथै, आयोगले 'मनोनयनपत्र दर्ता' भन्नाले प्रत्यक्ष तर्फको उम्मेदवारी मात्र नभई समानुपातिक निर्वाचन प्रणाली तर्फको उम्मेदवारको बन्दसूची दर्ता भएको अवस्थालाई समेत जनाउने स्पष्ट पारेको छ।
समानुपातिक सूचीमा नाम समावेश भई दर्ता हुनासाथ पनि बहालवाला जनप्रतिनिधिको पद स्वतः जाने आयोगको भनाइ छ । कुनै जनप्रतिनिधिले उम्मेदवारी दर्ता गर्नुअघि राजीनामा दिएमा त्यो औपचारिकतामात्रै हुने देखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
पूर्व सहमति नलिई सवारीसाधन खरिद गर्न नपाइने
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु
-
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
-
सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण