ट्राफिक प्रहरी र नाइमाबिच समझदारी पत्रमा हस्ताक्षर
सारांश
- नाइमा र ट्राफिक प्रहरीबीच समझदारी, १,६५१ ट्राफिकलाई सीप विकास तालिम दिइनेछ।
- यो समझदारी नयाँ सवारी प्रविधि, सडक सुरक्षा र प्रविधिमैत्री अभ्यासमा केन्द्रित छ।
- माघ ४ गतेदेखि सुरु हुने तालिम १७ दिनसम्म चल्नेछ, जसमा १०० जना ट्राफिक प्रहरी सहभागी हुनेछन्।
काठमाडौँ । नेपाल अटोमोबिल इम्पोर्टस् एण्ड म्यान्युफ्याक्चर्स एशोसिएसन (नाइमा) र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबिच काठमाडौँ उपत्यकाका एक हजार ६५१ जना ट्राफिक प्रहरीलाई व्यवहार कुशल सीप प्रदान गर्ने सम्बन्धमा समझदारी भएको छ ।
नयाँ सवारी प्रविधिसम्बन्धी विषयमा नियमित तालिम प्रदान गर्ने सम्बन्धमा पाँच वर्षे दीर्घकालीन रणनीतिक समझदारी पत्रमा हस्ताक्षर भएको हो । तालिमको उद्देश्य ट्राफिक प्रहरीलाई आधुनिक ट्राफिक व्यवस्थापन, सडक सुरक्षा, सेवा–केन्द्रित व्यवहार, जोखिम न्यूनीकरण तथा प्रविधिमैत्री अभ्याससम्बन्धी विषयमा निरन्तर रूपमा अद्यावधिक बनाउँदै नागरिकसँगको दैनिक सेवा प्रवाहलाई थप प्रभावकारी बनाउनु रहेको जनाइएको छ ।
ट्राफिक सप्ताह २०८२ अन्तर्गत ‘सडक दुर्घटना न्यूनीकरण विशेष अभियान’ समुद्घाटन कार्यक्रमका अवसरमा हस्ताक्षरित उक्त समझदारी पत्र प्रहरी महानिरीक्षक दानबहादुर कार्की र एसोसिएसनका बोर्ड सदस्य सौरभ ज्योतिबिच समझदारी पत्र आदानप्रदान भएको हो ।
समझदारीअनुसार एसोसिएसनका आफ्ना सदस्य कम्पनीको विशेषज्ञता उपयोग गर्दै नयाँ सवारी प्रविधि, सडक सुरक्षा, नवीन प्रविधिको प्रयोग तथा सवारी/यातायात प्रणालीसँग सम्बन्धित प्राविधिक विषयमा आवश्यक तालिम सामग्री, प्राविधिक स्रोत, विशेषज्ञ सहजीकरण तथा समन्वय उपलब्ध गराउनेछ ।
यसै गरी, ट्राफिक कार्यालयले तालिम कार्यक्रमको प्राविधिक नेतृत्व, सहभागी व्यवस्थापन, अनुगमन तथा गुणस्तर सुनिश्चितता गर्नेछ ।
समझदारी कार्यान्वयनअन्तर्गत पहिलो चरणको तालिम आगामी माघ ४ गते आइतबारदेखि सुरु हुनेछ । तालिम १७ कार्य दिन निरन्तर सञ्चालन हुने र प्रत्येक सत्रमा १०० जना ट्राफिक प्रहरी सहभागी हुने व्यवस्था गरिएको छ ।
तालिममा तनाव व्यवस्थापन/ध्यान, सञ्चार तथा द्वन्द्व व्यवस्थापन, नयाँ सवारीसाधन प्रविधिको सैद्धान्तिक एवं प्रत्यक्ष अवलोकन सत्र, ट्राफिक व्यवस्थापनका व्यावहारिक अभ्यास, सडक दुर्घटना न्यूनीकरण, तथा ट्राफिक व्यवस्थापनमा आवश्यक ह्याण्ड–जेस्चर सीपलगायत विषय समेटिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण