'विशेष महाधिवेशन शतप्रतिशतका लागि हो, ४० प्रतिशत भाग खोज्न हैन'
काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन प्रचार प्रसार उपसमिति संयोजक सुवास पोखरेलले महाधिवेशन प्रतिनिधिहरू शेरबहादुर देउवा पक्ष वार्ता गर्न गए पनि भागबण्डाका लागि नगएको स्पष्ट पारेका छन् ।
देउवा पक्षका नेताहरूले अफवाह फैलाउँदै ४० प्रतिशत भाग खोज्न विशेष महाधिवेशन गरेको आरोप लगाइरहेका छन् । संयोजक पोखरेलले भने, 'यो विशेष महाधिवेशन शतप्रतिशतका लागि हो ४० प्रतिशतका लागि हैन ।’
उनले अगाडि भने,'हामीले भागबण्डा गर्न पठाएका होइनौँ । वार्ता हाम्रो नेतृत्व परिवर्तनका लागि हो ।’
कांग्रेस पार्टीको विशेष महाधिवेशनको सबै जरा यही रहेको भन्दै हेप्ने अधिकार कसैलाई नभएको बताए । राजाले हेप्दा सत्ता गएको भन्दै अब हेपाइ कसैको पनि नसहने उनले बताए ।
उनले निर्वाचन कार्यतालिका आइसकेको भन्दै पार्टी सभापति शेरबहादुर देउवालाई समेत महाधिवेशनमा मनोनयन गर्न आग्रह गरे । पोखरेलले नेतृत्वसँग संवाद र प्रक्रिया पनि सँगसँगै हुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउदी अरबमाथि हुथीद्वारा समुद्री नाकाबन्दी घोषणा
-
प्रोटोनको नयाँ विद्युतीय एसयूभी ‘ई.मास ५’ नेपालमा सार्वजनिक,मूल्य कति ?
-
सीजेपीको प्रदर्शनपछि अभिजीत दीपकेले समर्थकहरूसँग मागे माफी
-
सुनको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
आगामी पाँच वर्षको खाका : तेस्रो वर्षसम्म गति, चौथो र पाँचौँ वर्षमा जनतालाई प्रतिफल
-
यी भाँडाकुँडामा राखिएको खानेकुरा खानुहुन्छ ? निम्त्याउला है रोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण