विशेष महाधिवेशन आयोजना गरेर विद्रोह गर्याैँ : गगन थापा
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले विशेष महाधिवेशन आयोजना गरेर आफूहरूले विद्रोह गरेको बताएका छन् ।
मंगलबारकाे बन्दसत्रको समापन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले पार्टीको आन्तरिक लोकतन्त्रमा प्रश्न गर्नु आफैँमा एउटा विद्रोह भएको जिकिर गरे ।
उनले भने,'यो विद्रोह हो । प्रश्न गर्नु आफैँमा एउटा विद्रोह हो । मौनता साँध्नु भनेको मृत्युलाई अङ्गाल्नु जस्तै हो ।’
आफूलाई पद चाहिएर विशेष महाधिवेशन आयोजना नगरेको थापाको भनाइ छ। ’हामी केही बन्नलाई आतुर भएर प्रश्न गरेको पनि होइन, आयोजना गरेको पनि होइन,’ उनले भने ।
तर कांग्रेस भित्र गिरोहका गुटहरू बनेका कारण कांग्रेस बदल्न जरुरी रहेको उनको भनाइ थियो। पार्टी समानताको लागि, देशको लागि र गाउँमा बसेका आम मानिसका लागि बनाउनु अहिलेको आवश्यकता रहेको उनले बताए ।
उनले बाहिरको हल्लाको पछि आफू नलागेको र प्रतिनिधिहरूलाई पनि नलाग्न आग्रह गरे। उनले भने, 'अहिले बाहिर अनेक हल्ला चलाइएको छ। कोही टिकटका लागि कोही भागबण्डाको लागि भनेका छन्। तर म हल्लाको पछि लागेको छैन। तपाईहरू पनि नलाग्नुस्। हलले गरेको अनुमोदन मात्रै हामीले मान्छौँ, बाहिरको होइन। विशेष अधिवेशनले विश्व गगनलाई सभापति चाहिएको छैन। तर नीति र नेतृत्व परिवर्तन चाहिएको छ।’
उनले यो विशेष महाधिवेशनलाई उपलब्धिपूर्ण तरिकाले टुग्याउनुपर्नेमा उनले जोड दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
पार्टीको औपचारिक निर्देशन नआएसम्म एमालेका मन्त्रीले राजीनामा नदिने
-
डाटा माइग्रेसन र कर मिलान गरिँदै: अति आवश्यकबाहेक यातायात कार्यालय नजान अनुरोध
-
नक्शाल बाल गृहबाट २० बालबालिकाको उद्धार
-
बागमती प्रदेशमा अत्यावश्यक बाहेकका यातायातसम्बन्धी सेवाहरू एक हप्ताका लागि स्थगित
-
उत्तरी भियतनाममा बाढी र पहिरोबाट ५ जनाको मृत्यु, तीन बेपत्ता
-
कञ्चनपुरमा च्याउ खोज्न गएका १४ जना महिलाको खोजीमा सेना खटियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण