दक्षिण कोरियाका पूर्वराष्ट्रपतिलाई मृत्युदण्ड दिनुपर्ने माग
सोल । दक्षिण कोरियाका अभियोजकहरूले पूर्वराष्ट्रपति यून सुक योललाई मृत्युदण्डको माग गरेका छन् ।
मार्शल ल लागु गर्ने असफल प्रयाससम्बन्धी मुद्दामा दोषी ठहर भएमा उनलाई यो सजाय दिन माग गरिएको हो । सोलस्थित अदालतमा भएको सुनुवाइको अन्तिम बहसमा अभियोजकहरूले यूनलाई ‘विद्रोहको मुख्य योजनाकार’ भनेका छन् ।
यो मुद्दा सन २०२४ डिसेम्बरमा यूनले दक्षिण कोरियामा सैन्य शासन लागु गर्ने प्रयाससँग सम्बन्धित छ । केही घण्टा मात्र टिकेको उक्त कदमले देशलाई गम्भीर राजनीतिक संकटमा धकेलेको थियो । पछि संसद्ले उनलाई महाभियोग लगायो, मुद्दा चलाउन उनलाई हिरासतमा लिइयो ।
आरोप अस्वीकार गर्दै मार्शल ल विपक्षी दलका गलत कामतर्फ जनताको ध्यानाकर्षण गराउन गरिएको प्रतीकात्मक कदम मात्र भएको दाबी यूनले गरेका छन् । दक्षिण कोरियाको कानुनअनुसार विद्रोह नेतृत्व गरेको आरोपमा मृत्युदण्ड वा आजीवन कारावासको व्यवस्था छ ।
अभियोजकले यी दुईमध्ये एक सजाय माग्नैपर्छ । दक्षिण कोरियाले करिब ३० वर्षयता मृत्युदण्ड कार्यान्वयन गरेको छैन । मार्शल लको क्रममा कसैको मृत्यु नभए पनि यूनको उद्देश्य हिंसात्मक नै भएको दाबी अभियोजकहरूको छ । यूनले सांसदहरूलाई पक्राउ गर्न आदेश दिएको सैन्य कमान्डरको बयान र सयौँ व्यक्ति–पत्रकार, श्रमिक अभियन्ता र सांसदहरू–लाई ‘हटाउने’ सुझावसहितको मेमोलाई उनीहरूले प्रमाणका रूपमा प्रस्तुत गरेका छन् ।
यो मुद्दा यूनको प्रशासनका पूर्वरक्षामन्त्री किम योङ–ह्युन र पूर्वप्रहरी प्रमुख चो जी–होविरुद्धको मुद्दासँग पनि जोडेर सुनुवाइ भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट
-
एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती
-
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
-
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
-
ऊर्जा सङ्कटबिच जापानको नवीकरणीय ऊर्जा विस्तारमा जोड
-
१२ बजे १२ समाचार: विरोधी तह लगाउने अस्त्र बन्दै ‘सम्पत्ति शुद्धीकरण’ देखि लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण