विद्युत् प्राधिकरणका ३७ जना कर्मचारीको सरुवा
सारांश
- नेपाल विद्युत प्राधिकरणले ३७ कर्मचारीको सरुवा गरेको छ, कार्यकारी निर्देशक पुन: बहाली भएपछि पहिलो पटक ठूलो संख्यामा सरुवा भएको हो।
- सरुवामा निर्देशक, प्रबन्धक, सुपरभाइजरदेखि लेखा समूहका कर्मचारीसम्मको जिम्मेवारी हेरफेर गरिएको छ, जसमा उत्पादन, प्रसारण, वितरण, र आयोजना व्यवस्थापन समावेश छन्।
- प्राधिकरणको सरुवा सूचीअनुसार प्रादेशिक कार्यालयका कर्मचारीहरूलाई कोहलपुर ग्रिड शाखा, सबस्टेशन र विभिन्न प्रसारण लाइन आयोजनामा जिम्मेवारी तोकिएको छ।
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले ३७ जना कर्मचारीहरूको सरुवा गरेको छ । प्रमुख कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य पुनर्बहाली भएर आएपछि पहिलो पटक ठुलो संख्यामा कर्मचारी सरुवा गरिएको हो ।
सरुवा सूचीअनुसार प्राधिकरणका निर्देशक, प्रबन्धक, उप–प्रबन्धक, सुपरभाइजर, इलेक्ट्रेसियन, फोरमेनदेखि लेखा समूहका कर्मचारीसम्मको जिम्मेवारी हेरफेर गरिएको छ ।
सरुवामा उत्पादन, प्रसारण, वितरण, विद्युत् व्यापार, आयोजना व्यवस्थापन तथा प्रादेशिक कार्यालयहरू समेटिएका छन्। यस क्रममा उच्च तहमा समेत परिवर्तन गरिएको छ । प्राविधिक निर्देशकहरूलाई विद्युत् व्यापार विभाग, उच्च तथा मध्यम भोल्टेज ग्रिड विकास विभाग, ऊर्जा दक्षता तथा चुहावट नियन्त्रण विभाग तथा आयोजना व्यवस्थापन निर्देशनालयअन्तर्गत विभिन्न आयोजनाको प्रमुख तथा संयोजकको जिम्मेवारी दिइएको छ ।
प्राधिकरणको सरुवा सूचीअनुसार कर्णाली, सुदूरपश्चिम, लुम्बिनी, बागमतीलगायत प्रादेशिक कार्यालयमा कार्यरत कर्मचारीहरूलाई कोहलपुर ग्रिड शाखा, फुठुङ सबस्टेशन, काठमाडौँ उपत्यका प्रसारण क्षमता सुदृढीकरण आयोजना, विभिन्न १३२ केभी र ४०० केभी प्रसारण लाइन आयोजना तथा जलविद्युत कम्पनीहरूमा जिम्मेवारी तोकिएको छ ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण