राष्ट्रिय मुक्ति पार्टीका उपाध्यक्ष सायमीसहितका नेता आज नेकपामा प्रवेश गर्दै
सारांश
- राष्ट्रिय मुक्ति पार्टीका वरिष्ठ उपाध्यक्ष सुमन सायमी नेकपामा प्रवेश गर्दै छन्।
- सायमीले देश संकटमा परेको र भाइरल व्यक्तिको कब्जामा जान लागेको भन्दै नेकपामा जान लागेको बताए।
- सायमी आगामी निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ८ बाट चुनाव लड्ने तयारीमा छन्।
काठमाडौँ । राष्ट्रिय मुक्ति पार्टीका वरिष्ठ उपाध्यक्ष सुमन सायमीसहितका नेताहरू आज नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गर्ने भएका छन् ।
सायमीले राष्ट्रिय मुक्ति पार्टीका प्रवक्ता रवीन्द्रकुमार श्रेष्ठलगायत अन्य नेताहरू नेकपामा प्रवेश गर्न लागेको बताए । राष्ट्रिय मुक्ति पार्टीले सुमन सायमीलाई काठमाडौँ क्षेत्र नम्बर ८ र ९ बाट सिफारिस गरेको थियो । रवीन्द्र कुमार श्रेष्ठको नाम क्षेत्र नम्बर ७ बाट सिफारिस गरेको थियो । उनी दुवै जना पार्टी छाडेका छन् ।
नेता सायमीले भने, ‘देश नै संकटमाम जाने देखेर हामी नेकपामा जान लागेका हौं, सामाजिक सञ्जालमा भाइरल भएकाहरूको कब्जामा देश जाँदै छ, यदि त्यस्तो भयो भने देश नै रहँदैन । त्यसले परिवर्तनकारी सबै शक्ति एक भएर चुनावबाट आउनुपर्छ ।’ जो भाइरलहरू छन् उनीहरूको न विचार छ, न सिद्धान्त छ, न कुनै एजेन्डा छ । उनीहरू देशको प्रधानमन्त्री बने भने के हुन्छ ? त्यही चिन्ताले सबैको सल्लाहमा नेकपामा जान लागेको उनले बताए ।
सायमी आगामी निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर ८ बाट चुनाव लड्ने तयारीमा छन् । उनले नेकपाले आफूलाई ८ नम्बरका लागि टिकट दिने बताए । राष्ट्रिय मुक्ति पार्टी क्रान्तिका लागि खोलिएको पार्टी हो, चुनाव जाने भएको छ, चुनावमा जाने जस्तो सङ्गठन छैन त्यही भएर त्यहाँ समय खेर फाल्नुभन्दा राम्रो जहाँ विचार र मुद्दा मिल्छ त्यहाँबाट चुनाव लड्ने भनेर आफू नेकपा जान लागको उनले बताए ।
सायमी २०७९ को स्थानीय निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयरमा उठेका थिए । उनले त्यतिबेला १३ हजार ७७० जना मत ल्याएका थिए । चुनावपछि उनी राजेन्द्र महतोको साथमा राष्ट्रिय मुक्ति क्रान्तिमा लागेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण