४५ दिनमा सकियो ‘हन्टर’को छायाङ्कन
सारांश
- चलचित्र 'हन्टर' को छायाङ्कन ४५ दिनमा सकिएको छ।
- एक्सन ड्रामा जनरामा बनेको यो चलचित्र पश्चिम नेपालका विभिन्न स्थानमा खिचिएको हो।
- जीवन सिंहको निर्देशन रहेको चलचित्रमा अरुण क्षेत्री, प्रकाश साह लगायतका कलाकारको अभिनय रहेको छ।
काठमाडौँ । चलचित्र ‘हन्टर’को छायाङ्कन सकिएको छ । एक्सन ड्रामा जानरामा निर्माण भएको चलचित्रको छायाङ्कन ४५ दिनमा सकिएको हो । चलचित्र पश्चिम नेपालका विभिन्न स्थानमा खिचिएको निर्माणपक्षले जनाएको छ ।
जीवन सिंहको निर्देशन रहेको चलचित्र क्याच कक इन्टरटेनमेन्ट प्रालिको प्रस्तुतिमा निर्माण भएको हो । निर्देशक सिंहले यसै चलचित्र मार्फत निर्देशनमा डेब्यु गरेका हुन् । ‘हन्टर’ रियल पात्रको कथाबाट इन्स्पायर भएर निर्माण भएको निर्देशक सिंहले बताए ।
चलचित्रमा अरुण क्षेत्री, प्रकाश साह, गरिमा शर्मा, सरोज खनाल, रुजा राउत, सुप्रज्ञा शर्मा, रमेश बुढाथोकी, सुशील पोखरेल, रोशनी दाहाल, सोनी लगुन, गीता अधिकारीको अभिनय छ ।
कृष्ण थापाको डीओपी, शुक्रराज शाहको द्वन्द्व , विक्रम स्वाँर र सञ्जय खिमजिमको कोरियोग्राफी रहेको चलचित्रमा बाबुल गिरीको संगीत छ । चलचित्रमा ममता सिंह, गोविन्द राज रोक्का र राज ए भट्ट निर्माता रहेको चलचित्रमा मनीष चन्द सह–निर्माता छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण