अपडेट
सुनको मूल्य तोलामा २ लाख ७८ हजार रुपैयाँ पुग्यो
बुधबार, ३० पुस २०८२, ११ : ०३
सारांश
- बुधबार नेपाली बजारमा सुनको मूल्य तोलामा २ लाख ७८ हजार रुपैयाँ पुग्यो, जुन हालसम्मकै उच्च हो।
- नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुनको मूल्य मंगलबारको तुलनामा बढेको हो।
- चाँदीको मूल्य पनि बुधबार बढेर ५ हजार ६५५ रुपैयाँ पुगेको छ।
काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा २ लाख ७८ हजार रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा २ लाख ७६ हजार ५०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बुधबार बढेर हालसम्मकै उच्च मूल्य कायम भएको हो ।
महासंघका अनुसार बुधबार १० ग्राम सुनको मूल्य नै २ लाख ३८ हजार ३४० रुपैयाँ पुगेको छ ।
यस्तै बुधबार चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा ५ हजार ३४० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर ५ हजार ६५५ रुपैयाँ कायम भएको हो।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण