दुई निर्माण कम्पनी कालोसूचीमा
बुधबार, ३० पुस २०८२, १२ : ०१
सारांश
- सार्वजनिक खरिद अनुगमन कार्यालयले दुई निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ।
- ओटाई इन्टरनेशनल एन्ड इन्जिनियरिङ कन्सल्टेन्सीलाई १ वर्षका लागि कालोसूचीमा राखियो।
- महादेव आयुष निर्माण सेवा प्रालिलाई १ वर्ष ६ महिनाका लागि कालोसूचीमा राखिएको छ।
काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले दुई निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ । सार्वजनिक खरिद ऐन २०६३ को दफा ६३ को उपदफा १ बमोजिम सम्झौताअनुसार समयमा काम सम्पन्न नगर्ने कम्पनीलाई कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार रक्षा मन्त्रालय, नेपाली सेना सम्भाररथी विभाग जङ्गी अड्डाकाे सिफारिसमा ओटाई इन्टरनेशनल एन्ड इन्जिनियरिङ कन्सल्टेन्सी प्रालिलाई १ वर्षका लागि कालोसूचीमा राखेको हो ।
यस्तै, सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना जुम्लाको सिफारिसमा महादेव आयुष निर्माण सेवा प्रालिलाई १ वर्ष ६ महिनाका लागि कालोसूचीमा राखिएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लालबकैया बाँधको उच्चस्तरीय अनुगमन, बाढी जोखिम न्यूनीकरणमा सतर्कता अपनाइने
-
बीपी स्मृति दिवसमा कांग्रेसले आयोजना गर्ने ‘ग्रिन रन’ मा सहभागी हुन सभापति थापाको आह्वान
-
बाढीले क्षतिग्रस्त विद्युतीय गाडी टिमुरे भन्सारमै बेवारिसे (तस्बिरहरू)
-
काठमाडौँको बौद्धमा युवतीले गरिन् आत्मदाह प्रयास
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
माइक्रो म्यानेजमेन्टबाट पछि हट्यो अर्थ मन्त्रालय, रकमान्तर र कार्यक्रम संशोधनमा खुकुलो नीति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण