पाँचौँ केएमसी बास्केटबल: केएमसी, चाँदबाग र चेल्सी सेमिफाइनलमा
काठमाडौं । राजधानीमा जारी पाँचौँ केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गर्ल्सतर्फ आयोजक केएमसी, चाँदबाग र चेल्सी वर्ल्ड स्कुल सेमिफाइनलमा प्रवेश गरेका छन्। बुद्धनगरस्थित घरेलु कोर्टमा बुधबार भएको प्रतिस्पर्धामा जित निकाल्दै यी तीन टोलीले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेका हुन्।
बुधबारको पहिलो खेलमा आयोजक केएमसीले हिमाली स्कुललाई १५–९ को अन्तरले पराजित गर्यो। केएमसीको जितमा आकृषा घिमिरेले उत्कृष्ट प्रदर्शन गर्दै एक्लै १२ अंक जोडिन्। अर्को खेलमा चाँदबागले गोल्डेन फ्लावरलाई २४–१४ ले पाखा लगाउँदा अमौलिका खड्काले टोलीका लागि सर्वाधिक १५ स्कोर गरिन्। त्यस्तै, चेल्सीले साविक विजेता रिब्समाथि २८–२४ को रोमाञ्चक जित दर्ता गर्दै सेमिफाइनलको यात्रा तय गर्यो। अब सेमिफाइनलमा चेल्सीले केएमसीको सामना गर्नेछ भने चाँदबागले रिब्ससँग प्रतिस्पर्धा गर्नेछ।
सिनियर र जुनियर ब्वाइजतर्फ पनि क्वाटरफाइनलको समीकरण पूरा भएको छ। सिनियर ब्वाइजको अन्तिम आठमा बाल दीक्षा सदन र सेवा सदन, मार्वलस र केएमसी ‘बी’, भीएस निकेतन र काठमाडौं जेभियर्स तथा गोल्डेनपिक र माइलस्टोनबीच प्रतिस्पर्धा हुनेछ। जुनियर ब्वाइजतर्फ इडेन ब्रिज, गोल्डेन फ्लावर, गोल्डेनपिक, मानाङ्क चिल्ड्रेन, ग्रिन लन्स, हिमाली, ग्रिनफिल्ड र सनसाइनले क्वाटरफाइनलमा स्थान बनाएका छन्।
प्रतियोगिता अन्तर्गत सिनियर र जुनियर ब्वाइजका क्वाटरफाइनल खेलहरु बिहीबार सञ्चालन हुनेछन्। आयोजकका अनुसार तीनवटै विधाका सेमिफाइनल खेलहरु शुक्रबारका लागि तय गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण