मासिक राशिफल
माघ महिनामा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
बिहीबार, ०१ माघ २०८२, ०३ : २३
२०८२ साल माघ महिनाको राशिफल ।
- मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) मेष राशि हुनेहरूका लागी सूर्य र मंगल राज्य भावमा, बुध २० गतेसम्म राज्य भावमा र २१ गतेबाट लाभ भावमा, शुक्र २२ गतेसम्म राज्य भावमा र २३ गतेबाट लाभ भावमा, बृहस्पति र शनि क्रमशः पराक्रम भावमा र खर्च भावमा गोचर गरिरहेका छन् । माथि उल्लेखित ग्रह गोचरको अध्ययन वा विश्लेषण गर्दा महिना भरि नै प्राय सबै ग्रहको गोचर शुभ रहेको छ । राज्य भावमा गोचर गर्ने सूर्य र मंगलको शुभ प्रभावले नोकरीमा प्रवेश वा पदोन्नतिको गतिलो योग रहेको छ । सुरक्षा संयन्त्रमा प्रवेश वा पदोन्नतिको हुनेछ । प्रशासनिक तथा सरकारी क्षेत्रमा हुनुहुन्छ भने तपाईँकै वर्चस्व रहनेछ । राज्यबाट आर्थिक लाभ तथा सम्मान पाइने हुँदा मन प्रसन्न रहनेछ । शत्रु परास्त हुनेछन् भने न्यायिक निर्णयहरू तपाईँकै पक्षमा फैसला हुनेछन् । विद्या तथा प्रतिस्पर्धामा विद्यार्थी वर्गहरूले आफ्नो प्रतिस्पर्धीहरूलाई हराउँदै अग्र स्थानमा तपाईँको नाम आउनेछ । प्रेममा थप सामिप्यता बढ्ने वा प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न सकिनेछ । कर्म भाव र लाभ भावमा महिनाभर नै गोचर गर्ने बुध र शुक्रको प्रभावले लेखन कला तथा वाणीमा सुधार गर्दै उन्नतिका पाइला अगाडी बढाउन सकिनेछ । प्रविधि वा सामाजिक सञ्जालको प्रयोग मार्फत आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ । शुभ तथा मांगलिक काम वा भौतिक सम्पत्ति जोड्ने सवालमा ठुलो धन राशि खर्च हुनेछ । अग्रज वा दिग्गज व्यक्तिहरूको आशीर्वाद पाइने हुँदा मन प्रसन्न हुनेछ । भाग्यले साथ दिने हुनाले सानो प्रयत्नले राम्रा काम गर्न सकिनेछ । अध्यात्म तथा धर्मसँग सम्बन्धित व्यापार, निर्माण सामाग्री, खाद्यान्न तथा गरगहनाका व्यापार महिनाभर नै उल्लेख्य मात्रामा वृद्धि हुनेछ । सामाजिक तथा धार्मिक कार्यमा मन जानेछ भने मन्दिरको यात्रा गरी प्रसाद ग्रहण गर्न सकिनेछ । गीतकार, सङ्गीतकार तथा साहित्यको क्षेत्रमा काम गर्नेहरूका लागी समय फलदायी रहनेछ । स्कुल, कलेज, बैक तथा वित्तीय क्षेत्रबाट मनग्गे धन तथा सम्पत्ति आर्जन गर्न सकिनेछ । काम वा अध्ययनको सिलसिलामा लामो दुरीको यात्राको प्रशस्त सम्भावना रहेको छ । तर पनि शनिको आद्य साढेसातीको प्रभाव महिनाभर नै रहने हुनाले र जन्म कुण्डलीमा शनि कमजोर हुनेहरूलाई श्वासप्रश्वास, नशा, आँखा, टाउको सम्बन्धी समस्या आउने सम्भावना रहेको छ । दीर्घ रोग जस्तै प्रेसर, सुगर जस्ता रोगीहरूले विशेष ख्याल गर्नुहोला । भौतिक सम्पत्ति वा सवारी साधनको प्रयोग गर्दा ध्यान नदिए दुर्घटना नहोला भन्न सकिन्न । श्रीमान् श्रीमती बिच घरायसी कुरा नमिल्दा सामान्य मनमुटाब सिर्जना नहोला भन्न सकिन्न । यदि जन्म कुण्डलीमा शनि ग्रह कमजोर हुनेहरूले देवी पूजा, शनिमुद्रिका धारण, शनिस्त्रोत्र पाठ, पीपलमा जल चढाउने र रत्नको प्रयोग गर्दा राम्रो फल प्राप्त हुनेछ ।
- बृष (ईऊ,ए,ओ,वा,वी,वू,वे,वो) वृष राशि हुनेहरूका लागी सूर्य र मंगल भाग्य भावमा, बुध २० गतेसम्म भाग्य भावमा र २१ गतेबाट कर्म भावमा, शुक्र २२ गतेसम्म भाग्य भावमा र २३ गतेबाट कर्म भावमा, बृहस्पति र शनि क्रमशः धन भावमा र लाभ भावमा गोचर गरिरहेका छन् । महिनाभर नै ग्रहहरूको अनुकूल प्रभावले राजनीतिकर्मी तथा समाजसेवीहरूका लागी समयले साथ दिने हुनाले आफ्नो कामबाट सन्तुष्ट हुने वा पद प्राप्त हुने योग रहेको छ । सरकारी क्षेत्रका काम गर्नेहरूका लागी सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भावना रहेको छ । ठुलाबडा तथा विशिष्ट व्यक्तिहरूको आशीर्वाद पाइने हुँदा मन प्रसन्न हुनेछ । अध्यात्म तथा धर्मसँग सम्बन्धित व्यापार व्यवसायमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ । सामाजिक तथा धार्मिक कार्यमा मन जानेछ भने मन्दिरको यात्रा गरी प्रसाद ग्रहण गर्न सकिनेछ । गीतकार, सङ्गीतकार तथा साहित्यको क्षेत्रमा काम गर्नेहरूका लागी समय फलदायी रहनेछ । बृहस्पतिको अनुकूल प्रभावले स्कुल, कलेज, बैक तथा वित्तीय क्षेत्रबाट मनग्गे धन तथा सम्पत्ति आर्जन गर्न सकिनेछ । शेयर बजारमा सुझबुझका साथ लगानी गर्दा नाफा कमाउन सकिनेछ । बुध, शुक्र तथा शनिको अनुकूलताले शुभ तथा मांगलिक सभा समारोहमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । लामो समय देखिको प्रेम सम्बन्धलाई अग्रज वा आफन्तको सल्लाहमा विवाहमा परिणत गर्न सकिनेछ । कन्स्ट्रक्सन, ठेक्कापट्टा, निर्माण सामाग्री, गाडी इन्जिन, खाद्यान्न तथा गर गहनाका व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । राज्यको चौधौँ अङ्गको भूमिका निभाउने पत्रकार, शेयर बजारमा ठुला लगानी कर्ता स्वदेशी वा विदेशी सामानको आयात निर्यात गर्ने उद्योगी व्यापारी, फिल्मी वा मनोरञ्जनको क्षेत्रमा काम गर्नेहरूका लागी समय उत्तम रहेको छ ।
- मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) मिथुन राशि हुनेहरूका लागी सूर्य र मंगल कष्ट भावमा, बुध २० गतेसम्म कष्ट भावमा र २१ गतेबाट भाग्य भावमा, शुक्र २२ गतेसम्म कष्ट भावमा र २३ गतेबाट भाग्य भावमा, बृहस्पति र शनि क्रमशः राशिमा र राज्य भावमा गोचर गरिरहेका छन् । मिथुन राशि हुनेहरूका लागी यो महिना मध्यम रहेको छ । स्थायी सम्पत्तिमा विवाद आउने योग रहेको छ । शरीरमा घाउ खटिरा तथा चोटपटक लाग्ने योग रहेको छ । आँखा, हड्डी, मुटु तथा मेरुदण्ड सम्बन्धी रोगबाट पीडित भएकाहरूले भने सचेत हुनु जरुरी देखिन्छ । औषधी उपचारमा खर्च बढ्ने योग रहेको छ । सवारी साधन तथा भौतिक सम्पत्तिको प्रयोग गर्दा ध्यान दिनुहोला । राजनीति तथा समाजसेवामा तपाईँको उपस्थिति कमजोर रहनेछ । सवारी साधन तथा भौतिक वस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला चोटपटक लाग्ने तथा अप्रिय घटना नघट्ला भन्न सकिन्न । ऋण, रोग तथा शत्रुको सामना गर्नुपर्ने हुन सक्छ । आफन्त तथा शुभचिन्तकहरूको सल्लाह तथा सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । न्यायसङ्गत काम नगर्दा जेल नेलको यात्रा हुने तथा फन्दामा परिन सकिन्छ ।
- तर पनि बृहस्पति, शनि, बुध तथा शुक्रको अनुकूल प्रभावले नसोचेको धन तथा भौतिक सम्पत्ति प्राप्त हुनेछ । शेयर बजार तथा वित्तीय क्षेत्रमा गरिएको लगानीबाट थोरै भए पनि मुनाफा कमाउन सकिनेछ । आफन्त तथा दिदीबहिनिबाट तपाईँको काममा सहयोग प्राप्त हुनेछ । तेस्रो साताबाट शुभ तथा मांगलिक सभा समारोहका सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ भने छोटो दुरीको रमाइलो यात्राको तय हुनेछ । काम, अध्ययन वा धार्मिक कामको सिलसिलामा लामो दुरीको यात्रा हुनेछ । लेखन कला साहित्यको क्षेत्रमा बाकी रहेको कामलाई फत्ते गर्दै नयाँ कामको थालनी गर्न सकिनेछ ।
- कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) कर्कट राशि हुनेहरूका लागी सूर्य र मंगल व्यापार भावमा, बुध २० गतेसम्म व्यापार भावमा र २१ गतेबाट कष्ट भावमा, शुक्र २२ गतेसम्म व्यापार भावमा र २३ गतेबाट कष्ट भावमा, बृहस्पति र शनि क्रमशः खर्च भावमा र भाग्य भावमा गोचर गरिरहेका छन् ।व्यापार भावमा गोचर गर्ने सूर्य र मंगलको प्रतिकुल प्रभावले घर परिवार तथा जीवन साथीसँग राय बाझिनेछ । साझेदारी व्यापारमा बैमानस्यता पैदा हुनेछ । स्वास्थ्य सम्बन्धी समस्याले पिरोल्ने तथा औषधी उपचार खर्च बढ्नेछ । दीर्घ रोग जस्तै प्रेसर, सुगर जस्ता रोगीहरूका लागी समय अनुकूल नहुन सक्छ । सवारी साधनको प्रयोग गर्दा चोटपटकको सम्भावना रहेको छ भने वैदेशिक क्षेत्रको काममा रुपैयाँ पैसा फस्न सक्छ ध्यान दिनुहोला । जन्म तथा मृत्यु जस्ता शाश्वत सत्यलाई स्वीकार गर्दै अगाडी बढ्नु पर्नेछ ।तर पनि बुध शुक्र र बृहस्पतिको अनुकूल गोचरको कारणले अल्झेर बसेका काम धन्दाहरू नियमित रूपमा सुचारु गर्न सकिनेछ । प्रेमलाई विवाह मार्फत घर गृहस्थीमा परिणत गर्न सकिनेछ । शेयर बजार तथा वित्तीय क्षेत्रमा गरिने लगानीबाट आंशिक लाभ हुनेछ । शिक्षा क्षेत्र, बैक तथा वित्तीय क्षेत्र, फिल्मी वा मनोरञ्जनको क्षेत्रमा काम गर्नेहरूले नाम तथा दाम दुवै कमाउने योग रहेको छ । लेखन, कला, साहित्यमा थाती रहेका काम सकाउन सकिनेछ । धार्मिक क्षेत्रमा काम गर्नेहरूका लागी समय उत्तम रहेको छ । भाग्य भावमा गोचर गर्ने शनिले भाग्यमा अकस्मात् वृद्धि हुनेछ । न्यायिक निर्णयहरू तपाईँकै पक्षमा फैसला हुने तथा मित्रबाट आर्थिक सहयोग प्राप्त हुनेछ । अरूकै करकापमा मन्दिर तथा धार्मिक प्रतिष्ठान तिरको यात्रा हुनेछ ।
- सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) सिंह राशि हुनेहरूका लागी सूर्य र मंगल प्रतिस्पर्धा भावमा, बुध २० गतेसम्म प्रतिस्पर्धा भावमा र २१ गतेबाट व्यापार भावमा, शुक्र २२ गतेसम्म प्रतिस्पर्धा भावमा र २३ गतेबाट व्यापार भावमा, बृहस्पति र शनि क्रमशः आए भावमा र कष्ट भावमा गोचर गरिरहेका छन् ।यो महिना सिंह राशि हुनेहरूका लागी मिश्रित समय रहेको छ । अधिकांश ग्रहको अनुकूल गोचरका कारण साहसी काम गरेर अरूको मन जित्न सकिनेछ भने प्रतिस्पर्धीहरू सहयोगी बन्नेछन् । नोकरी वा अध्ययनमा हुने प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ । अदालत तथा न्यायालयबाट हुने निर्णयहरू तपाईँकै पक्षमा आउने हुँदा मन प्रसन्न हुनेछ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन रहनेछ भने पद प्राप्तिको योग रहेको छ । पैतृक सम्पत्ति र प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ ।पढाइ लेखाइमा अरूलाई पछाडि छोड्दै तपाईँको नाम अग्र स्थानमा आउनेछ । थाती रहेको तथा अल्झेर बसेका काम धन्दाहरू नियमित रूपमा सुचारु हुँदा काम गर्न जोस जाँगर बढेर आउनेछ । नयाँ कार्य योजना बनाई आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । राजनीतिकर्मी, समाजसेवी, पत्रकार, मेडिकल क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूका लागी समय उत्तम रहेको छ । शेयर बजार तथा वित्तीय क्षेत्रको लगानीबाट थोरै भए पनि आम्दानी गर्न सकिनेछ । अध्ययन तथा कामको सिलसिलामा लामो दुरीको यात्राको तय हुनेछ । लेखन कलाको माध्यमबाट आफ्नो बिचारहरू जनमानसमा लैजान सकिनेछ ।महिनाभर नै शनिको अडैया प्रभावले प्रभावले श्वासप्रश्वास, आँखा, टाउको सम्बन्धी समस्या आउने सम्भावना रहेको छ । दीर्घ रोग जस्तै प्रेसर, सुगर जस्ता रोगीहरूले विशेष ख्याल गर्नुहोला । जन्म कुण्डलीमा शनि कमजोर हुनेहरूका लागी खानपान तथा बाहिरी वातावरणमा ध्यान दिनुहोला । शरीरमा आलस्य तथा अल्छीपना बढेर जानेछ । नशा, प्यारालाइसिस, ग्यास्ट्रिक तथा दीर्घ रोगीहरूले विशेष ख्याल गर्नुहोला ।जन्म कुण्डलीमा शनि ग्रह कमजोर हुनेहरूले देवी पूजा, शनिमुद्रिका धारण, शनिस्त्रोत्र पाठ, पीपलमा जल चढाउने र रत्नको प्रयोग गर्दा राम्रो हुनेछ । यदि जन्म कुण्डलीमा शनि बलवान भए शुभ फल प्राप्त हुनेछ ।
- कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) कन्या राशि हुनेहरूका लागी सूर्य र मंगल विद्या भावमा, बुध २० गतेसम्म सन्तान भावमा र २१ गतेबाट प्रतिस्पर्धा भावमा, शुक्र २२ गतेसम्म सन्तान भावमा र २३ गतेबाट प्रतिस्पर्धा भावमा, बृहस्पति र शनि क्रमशः राज्य भावमा र व्यापार भावमा गोचर गरिरहेका छन् ।मातापिता तथा अग्रजबाट आशीर्वाद प्राप्त हुनेछ । राजनीति तथा समाजसेवा जनताको काम गर्न सक्दा राज्यबाट पद प्राप्तिको गतिलो योग बनेको छ। लेखन, कला तथा साहित्यको क्षेत्रमा कलम चलाउनेहरूका लागी समयले साथ दिनेछ । लामो दुरीको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । भूमि तथा पैतृक धन प्रयोग गरी मनग्गे धन सम्पत्ति कमाउन सकिनेछ । शेयर बजार तथा वित्तीय क्षेत्रमा आज गरिने लगानीबाट सन्तोषजनक आम्दानी गर्न सकिनेछ । बिलासी सामान, खाद्यान्न, ठेक्कापट्टा, निर्माण सामाग्री, गाडी तथा इन्जिन खरिद बिक्री तथा टेक्निकल सामानको पार्टस पुर्जाको व्यापार, गरगहना र पर्यटन सम्बन्धी कामबाट मनग्गे लाभ लिन सकिनेछ । लाभ वा राज्य भावमा मंगलको शुभ प्रभावले सुरक्षा संयन्त्रको क्षेत्रमा प्रवेश वा पदोन्नतिको बलियो सम्भावना रहेको छ । वंश वृद्धिको गतिलो योग रहेको छ भने सन्तानको प्रगतिमा मन रमाउनेछ ।सन्तान भावमा गोचर गर्ने सूर्य र मंगलको प्रतिकुल प्रभावले आफन्त तथा सन्तानसँग मनमुटाब सिर्जना हुन सक्छ । समयमा काम नसकिने तथा बौद्धिक व्यक्तित्वसँग सैद्धान्तिक राय बाझिनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धी समस्याले पिरोल्नेछ । समयको र कामको तालमेल नमिल्दा कामहरू समयमा सकाउन मुस्किल पर्नेछ । वैदेशिक क्षेत्रसँग सम्बन्धित काममा उल्झन आउने तथा रुपैयाँ पैसा फस्न सक्छ । घाउ तथा चोटपटक लाग्न सक्छ ध्यान दिनुहोला । नियम सङ्गत काम नगर्दा जेलनेल सम्मको यात्रा हुन सक्छ ख्याल गर्नुहोला । दीर्घ रोगीहरूले विशेष ख्याल गर्नुहोला ।
- तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) तुला राशि हुनेहरूका लागी सूर्य र मंगल सुख भावमा, बुध २० गतेसम्म सुख भावमा र २१ गतेबाट सन्तान भावमा, शुक्र २२ गतेसम्म सुख भावमा र २३ गतेबाट सन्तान भावमा, बृहस्पति र शनि क्रमशः भाग्य भावमा र प्रतिस्पर्धा भावमा गोचर गरिरहेका छन् ।सुख भावमा महिनाभर मंगल र सूर्यको प्रभावले सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । घर जग्गा तथा रियल स्टेट सम्बन्धी काम गर्ने व्यापारीहरूका लागी समय मध्यम रहेको छ । आमाको स्वास्थ्यमा समस्या आई औषधी उपचार खर्च बढ्नेछ । छाती सम्बन्धी तथा श्वास प्रश्वास र मुटु सम्बन्धी समस्या आउन सक्छ ध्यान दिनुहोला । राजनीति तथा समाजसेवामा जनताको समर्थन पाउन निकै नै मेहनत गर्नुपर्नेछ । ऋण, रोग तथा संकटको सामना गर्नुपर्ने हुन सक्छ ध्यान दिनुहोला । पेट, जण्डिस तथा कलेजोसँग सम्बन्धित रोगीहरूका लागी समय मध्यम रहेको छ । अपरेसन बिग्रने प्रबल सम्भावना रहन्छ । शत्रुबाट पराजय र दाजुभाइबाट असहयोग रहनेछ ।तर पनि बुध, शुक्र, बृहस्पति र शनिको अनुकूल प्रभावले बंस वृद्धिको योग रहेको छ । लेखन कलाको माध्यमबाट आफ्नो विचारहरू जनमानसमा लैजान सकिनेछ । भौतिक तथा बिलासी वस्तुको कारोबार गर्नेहरूले मनग्गे धन सम्पत्ति जोड्न सक्नेछन् । उपहार तथा चिट्ठा प्राप्तिको गतिलो योग रहेको छ । शेयर बजार, बैक तथा वित्तीय क्षेत्रबाट केही मात्रामा लाभ लिन सकिनेछ । नोकरी वा अध्ययनमा हुने प्रतिस्पर्धामा तपाईँको उपस्थिति उत्साहजनक रहनेछ । अध्ययन वा कामको सवालमा लामो दुरीको यात्राको योग रहेको छ । खाद्यान्न, ठेक्कापट्टा, निर्माण सामाग्री, गाडी तथा इन्जिन खरिद बिक्री तथा टेक्निकल सामानको पार्टस पुर्जाको व्यापार, गरगहना र पर्यटन सम्बन्धी कामबाट मनग्गे लाभ लिन सकिनेछ । मनोरञ्जन तथा फिल्मी क्षेत्रमा सफलता प्राप्त हुनेछ ।
- वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) वृश्चिक राशि हुनेहरूका लागी सूर्य र मंगल पराक्रम भावमा, बुध २० गतेसम्म पराक्रम भावमा र २१ गतेबाट सुख भावमा, शुक्र २२ गतेसम्म पराक्रम भावमा र २३ गतेबाट सुख भावमा, बृहस्पति र शनि क्रमशः कष्ट भावमा र सन्तान भावमा गोचर गरिरहेका छन् ।माथि उल्लेखित ग्रह गोचरको अध्ययन तथा विश्लेषण गर्दा जीवन शैलीमा सुधार हुनुको साथै समयको महत्त्व बुझ्दा अगाडी बढ्न सहज हुनेछ । दाजुभाइ तथा छिमेकीसँग गरिने व्यवसाय फस्टाएर जाने हुनाले प्रशस्त नाफा कमाउन सकिनेछ भने अरूलाई प्रभावित पारेर सजिलै काम लिन सकिनेछ । अन्धविश्वास तथा कुसंस्कारको विरुद्ध कलम चलाई समाजलाई शिक्षित पार्न तपाईँको लेखन कलाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ । विद्यामा सफलता प्राप्त हुनेछ भने छोटो तथा रमाइलो यात्राको तय हुनेछ । माया प्रेमका सम्बन्धहरू विवाहमा परिणत गर्ने सहमति जुट्नेछ । लामो दुरीको शैक्षिक तथा कर्म प्राप्तिको लागी यात्राको गर्न सकिनेछ ।राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन प्राप्त हुने हुँदा राजनीतिकर्मी तथा कूटनीतिको क्षेत्रमा काम गर्नेहरूका लागी समय उत्तम रहेको छ । साहसी क्रियाकलाप भाग लिई नाम कमाउन सकिनेछ । मुद्दा मामिला तथा न्यायालयबाट हुने न्याय सम्पादन तपाईँकै पक्षमा हुनेछन् । न्यायिक क्षेत्रमा काम गर्ने न्यायधिस, अधिवक्ता तथा नोकरीमा प्रतिस्पर्धा गर्नेहरूका लागि समय फलदायी रहनेछ । भौतिक वस्तु तथा सवारी साधनको कारोबार फस्टाएर जानेछ । आर्थिक क्षेत्र र शेयर बजारमा गरिने लगानीमा सन्तोषजनक नाफा हुनेछ ।
- कष्ट भावमा गोचर गर्ने बृहस्पति र सन्तान भावमा गोचर गर्ने शनिको प्रतिकुल प्रभावले ठुलो लगानीको लागी समय मध्यम रहेको छ । ऋण, रोग तथा शत्रुको सामना गर्नु पर्ने हुन सक्छ । परिवारमा जन्म र मृत्युको शाश्वत सत्यलाई स्वीकार गर्दै अगाडी बढ्नु पर्ने हुन सक्छ । अध्ययनमा केही बाधा तथा पेट सम्बन्धी समस्याले समय गुज्रनेछ ।
- धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) धनु राशि हुनेहरूका लागी सूर्य र मंगल धन भावमा, बुध २० गतेसम्म धन भावमा र २१ गतेबाट पराक्रम भावमा, शुक्र २२ गतेसम्म धन भावमा र २३ गतेबाट पराक्रम भावमा, बृहस्पति र शनि क्रमशः व्यापार भावमा र सुख भावमा गोचर गरिरहेका छन् । माथि उल्लेखित ग्रह गोचरको अध्ययन तथा विश्लेषण गर्दा धन भावमा गोचर गर्ने मंगल र सूर्यको प्रतिकुल प्रभावले अवसरहरूलाई क्याच गर्न नसक्दा उपलब्धि हातबाट फुत्किनेछ । धन सम्पत्ति हराउने, लुटिने तथा स्थायी सम्पत्तिमा विवाद हुन सक्छ ध्यान दिनुहोला । टाउको, आँखा तथा पेट सम्बन्धी समस्याले नसताउला भन्न सकिन्न । शरीरमा घाउ खटिरा आउने, शरीरको कुनै अङ्गको अप्रेसन गर्नु गर्नु पर्ने हुन सक्छ । मानसिक वा शारीरिक कष्ट हुनेछ । पति पत्नीको स्वास्थ्य प्रतिकुल असर पर्नेछ । घरजग्गा सम्बन्धी विवाद तथा आफन्तमा झैझगडा हुने योग रहेको छ । नोकरीमा अपजस, स्थानान्तरण वा राजीनामा सम्मको योग रहेको छ ।तर पनि शुक्र, बुध र बृहस्पतिको अनुकूल प्रभावले न्यायिक क्षेत्रमा काम गर्ने न्यायधिस, पत्रकार, अधिवक्ता तथा नोकरीमा प्रतिस्पर्धा गर्नेहरूका लागी समय फलदायी रहनेछ । भौतिक वस्तु तथा सवारी साधनको कारोबार फस्टाएर जानेछ । आर्थिक क्षेत्र र शेयर बजारमा गरिने लगानीबाट सन्तोषजनक नाफा हुनेछ । ठेक्कापट्टा, प्राकृतिक स्रोत साधनको प्रयोग, निर्माण सामाग्री, सवारी साधनको खरिद बिक्री, बिलासी सामानको व्यापार, गरगहना तथा टेक्निकल सामानको पार्टस् पुर्जाको व्यापार गर्नेहरूका लागी फलदायी रहनेछ । महिनाभर नै शनिको अडैया प्रभावले प्रभावले श्वासप्रश्वास, आँखा, टाउको सम्बन्धी समस्या आउने सम्भावना रहेको छ । दीर्घ रोग जस्तै प्रेसर, सुगर जस्ता रोगीहरूले विशेष ख्याल गर्नुहोला । जन्म कुण्डलीमा शनि कमजोर हुनेहरूका लागी खानपान तथा बाहिरी वातावरणमा ध्यान दिनुहोला । शरीरमा आलस्य तथा अल्छीपना बढेर जानेछ । नशा, प्यारालाइसिस, ग्यास्ट्रिक तथा दीर्घ रोगीहरूले विशेष ख्याल गर्नुहोला । जन्म कुण्डलीमा शनि ग्रह कमजोर हुनेहरूले देवी पूजा, शनिमुद्रिका धारण, शनिस्त्रोत्र पाठ, पीपलमा जल चढाउने र रत्नको प्रयोग गर्दा राम्रो हुनेछ । यदि जन्म कुण्डलीमा शनि बलवान भए शुभ फल प्राप्त हुनेछ ।
- मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) मकर राशि हुनेहरूका लागी सूर्य र मंगल राशिमा, बुध २० गतेसम्म राशिमा र २१ गतेबाट धन भावमा, शुक्र २२ गतेसम्म राशिमा र २३ गतेबाट धन भावमा, बृहस्पति र शनि क्रमशः प्रतिस्पर्धा भावमा र पराक्रम भावमा गोचर गरिरहेका छन् । माथि उल्लेखित ग्रह गोचरको अध्ययन तथा विश्लेषण गर्दा यो महिना मकर राशि हुनेहरूका लागी समय मिश्रित रहेको छ । खर्च अभावले हातमा आइसकेको काम रोकिनेछ भने व्यापार व्यवसायमा मन्दी आउनाले खल्ती रित्तिनेछ । आफन्त तथा अग्रजहरूसँग सानो सानो विषयमा विवाद सिर्जना हुने योग रहेको छ । कामहरू समयमा सम्पन्न नहुने तथा गल्ती गर्नाले दण्ड तथा जरिवाना तिर्नु पर्ने हुन सक्छ ध्यान दिनुहोला । हड गर्ने बानिले समस्या आउनेछ । कुनै पनि कुराको नतिजा तुरुन्तै खोज्ने तथा घमन्ड गर्ने बानिले आफै समस्यामा पर्न सकिनेछ । तर पनि बुध, शुक्र र शनिको अनुकूल प्रभावले परराष्ट्र तथा कूटनीतिको क्षेत्रमा काम गर्नेहरूका लागी समयले साथ दिनेछ । नयाँ काम पाइने वा नोकरीमा बढुवा तथा सुगम स्थानमा स्थानान्तरण हुने योग रहेको छ । होटल, रिसोर्ट तथा शेयर बजार तथा वित्तीय क्षेत्रको लगानीबाट सन्तोषजनक आम्दानी गर्न सकिनेछ । शिक्षा क्षेत्रमा लगानी गर्नेहरूका लागी समय उत्तम रहेको छ । धार्मिक तथा शैक्षिक यात्राको गतिलो योग रहेको छ । खेलकुद तथा पराक्रमी क्रियाकलाप भाग लिई आम्दानी बढाउन सकिनेछ । औषधी, निर्माण सामग्री र दैनिक उपभोग्य बस्तुको कारोबारमा उल्लेख्य वृद्धि हुनेछ । प्रेमलाई विवाहमा परिणत गर्ने सहमति जुट्नेछ । शुभ तथा माङ्गलिक कार्यमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । समयको सदुपयोग गर्दै परिवार तथा आफन्तका साथ समय व्यातित हुने तथा रमाइलो ठाउको भ्रमण हुनेछ ।
- कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) कुम्भ राशि हुनेहरूका लागी सूर्य र मंगल खर्च, बुध २० गतेसम्म खर्च भावमा र २१ गतेबाट राशिमा भावमा, शुक्र २२ गतेसम्म खर्च भावमा र २३ गतेबाट राशिमा, बृहस्पति र शनि क्रमशः सन्तान भावमा र धन भावमा गोचर गरिरहेका छन् ।माथि उल्लेखित ग्रह गोचरको अध्ययन तथा विश्लेषण गर्दा कुम्भ राशि हुनेहरूका लागी व्यावहारिक तथा आर्थिक उतारचढाव आउनेछ । खर्च भावमा गोचर गर्ने मंगल र सूर्यको प्रभावले औषधी उपचार खर्च बढ्नेछ । राज्यको नजिक रही कामगर्नेहरुले काममा ढिला सुस्त तथा काम बिग्रने हुँदा राज्यलाई दण्ड जरिवाना तिर्नु पर्ने हुन सक्छ । राज्यको नुन खाएकाहरूले नियम संगत काम गर्न नसक्दा नोकरीमा असजिलो परिस्थितिको सामना गर्नु पर्नेछ । आँखामा कष्ट, धनसम्पत्तीमा हानी, विद्यामा अरुचि तथा आफन्तको असहयोग रहने तथा ऋण, रोग तथा शत्रुको सामना गर्नुपर्नेछ । शनिको अन्त्य शाढेसातीको प्रभाव महिनाभर रहनेछ । जन्म कुण्डलीमा शनि कमजोर हुनेहरूका लागी खानपान तथा बाहिरी वातावरणमा ध्यान दिनुहोला । शरीरमा आलस्य तथा अल्छीपना बढेर जानेछ । नशा, प्यारालाइसिस, ग्यास्ट्रिक तथा दीर्घ रोगीहरूले विशेष ख्याल गर्नुहोला । जन्म कुण्डलीमा शनि बलवान भए शुभ फल प्राप्त हुनेछ । तर पनि बुध, शुक्र र बृहस्पतिको अनुकूल प्रभावले लामो समयदेखि थाती रहेका कामहरू सुचारु गर्न सकिनेछ । लेखन तथा कला क्षेत्रमा बाकी रहेको कामलाई फत्ते गर्दै जनमानसमा लैजान सकिनेछ । भाग्यले प्रेम पात्र जुराउनेछ भने प्रेममा रहेकोहरुका लागि आफन्त तथा परिवारका सदस्यबाट वैधानिकता प्राप्त हुनेछ । विदेशी समानको व्यापार, महँगा तथा ब्राण्डेड सामान, पहिरन, शैक्षिक सामाग्री तथा गरगहनाको व्यवसायमा समय लगानी गर्नेहरूका लागी महिना फलदायी रहनेछ । कुटुम्ब तथा आफन्तबाट धन तथा सम्पत्ति लाभ हुने ग्रहयोग रहेको छ । महिनाको अन्ततिर शुभ तथा माङ्गलिक सभा समारोहमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्न सकिनेछ ।
- मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) मीन राशि हुनेहरूका लागी सूर्य र मंगल लाभ भावमा, बुध २० गतेसम्म लाभ भावमा र २१ गतेबाट खर्च भावमा, शुक्र २२ गतेसम्म लाभ भावमा र २३ गतेबाट खर्च भावमा, बृहस्पति र शनि क्रमशः सुख भावमा र राशिमा गोचर गरिरहेका छन् । सूर्य, मंगल, शुक्र, बृहस्पति तथा बुध अनुकूलताले सङ्घर्षका बाबजुद राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूका लागी राज्यबाट पद प्राप्तिको योग रहेको छ । प्राकृतिक स्रोतको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । नयाँ काम पाउने तथा नोकरीमा मान सम्मान पाइने योग रहेको छ । खोज तथा अनुसन्धानको क्षेत्रबाट भने जस्तो सफलता हात लाग्नेछ । सरकारी जागिरेहरूले बढुवा तथा सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भावना रहेको छ । ठुलाबडा तथा विशिष्ट व्यक्तिहरूको आशीर्वाद पाइने हुँदा मन प्रसन्न हुनेछ । भाग्यले साथ दिने हुनाले अध्यात्म तथा धर्मसँग सम्बन्धित व्यापार व्यवसायमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ । सामाजिक तथा धार्मिक कार्यमा मन जानेछ भने मन्दिरको यात्रा गरी प्रसाद ग्रहण गर्न सकिनेछ । गीतकार, सङ्गीतकार तथा साहित्यको क्षेत्रमा काम गर्नेहरूका लागी समय फलदायी रहनेछ । स्कुल, कलेज, बैक तथा वित्तीय क्षेत्रबाट मनग्गे धन तथा सम्पत्ति आर्जन गर्न सकिनेछ । माया प्रेम गर्नेहरूले आफ्नो मायालुको साथ पाउनेछन् ।महिनाभर नै शनिको अडैया प्रभावले प्रभावले श्वासप्रश्वास, आँखा, टाउको सम्बन्धी समस्या आउने सम्भावना रहेको छ । दीर्घ रोग जस्तै प्रेसर, सुगर जस्ता रोगीहरूले विशेष ख्याल गर्नुहोला । जन्म कुण्डलीमा शनि कमजोर हुनेहरूका लागी खानपान तथा बाहिरी वातावरणमा ध्यान दिनुहोला । शरीरमा आलस्य तथा अल्छीपना बढेर जानेछ । नशा, प्यारालाइसिस, ग्यास्ट्रिक तथा दीर्घ रोगीहरूले विशेष ख्याल गर्नुहोला ।जन्म कुण्डलीमा शनि ग्रह कमजोर हुनेहरूले देवी पूजा, शनिमुद्रिका धारण, शनिस्त्रोत्र पाठ, पीपलमा जल चढाउने र रत्नको प्रयोग गर्दा राम्रो हुनेछ । यदि जन्म कुण्डलीमा शनि बलवान भए शुभ फल प्राप्त हुनेछ ।
तपाईँको दिन शुभ रहोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सशस्त्रको हेडक्वार्टरमा आगलागी भएको घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
-
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम हो : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण