अपडेट
सुनको मूल्य तोलामा १५०० रुपैयाँ घट्यो, आज कतिमा हुँदै छ कारोबार ?
बिहीबार, ०१ माघ २०८२, १० : ४४
सारांश
- बिहीबार नेपाली बजारमा सुनको मूल्य तोलामा १५०० रुपैयाँले घटेको छ।
- नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, छापावाल सुन २ लाख ७६ हजार ५०० रुपैयाँमा कारोबार भयो।
- चाँदीको मूल्य पनि घटेर ५ हजार ४८५ रुपैयाँ कायम भएको छ।
काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा १५०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन तोलामा २ लाख ७६ हजार ५०० रुपैयाँ कायम भएको हो ।
यसअघि बुधबार छापावाल सुन तोलामा २ लाख ७८ हजार रुपैयाँ पुगेका थियो । जुन मूल्य हालसम्मकै उच्च रहेको थियो ।
यस्तै चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा ५ हजार ६५५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार घटेर ५ हजार ४८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण