सुर्खेत—२ बाट सिफारिस भएका कांग्रेस नेता थानीद्वारा चुनाव नलड्ने घोषणा
सारांश
- नेपाली कांग्रेसका नेता हृदयराम थानीले स्वास्थ्यका कारण निर्वाचन नलड्ने निर्णय गरे।
- उनले खुट्टाको नसा सम्बन्धी समस्याका कारण हिँडडुल गर्न नसकेको बताए।
- थानी सुर्खेत-२ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार सिफारिस भएका थिए।
सुर्खेत । नेपाली कांग्रेसबाट सुर्खेत क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार सिफारिस भएका नेता हृदयराम थानीले फागुन २१ को निर्वाचन नलड्ने निर्णय गरेका छन् ।
बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै उनले स्वास्थ्यको कारण देखाउँदै चुनाव नलड्ने घोषणा गरेका हुन् ।
करिब दुई महिनादेखि खुट्टामा नसा सम्बन्धी समस्याका कारण सहज रूपमा हिँडडुल गर्न नसकेको उनले उल्लेख गरेका छन् ।
साथै उनले भदौ २३ र २४ को जेनजी आन्दोलनपछि देश अप्रत्याशित राजनीतिक घटनाक्रम र अन्योलताबाट गुज्रिरहेको उनको भनाइ छ । ‘यो अवस्थामा फागुनमा निर्वाचन सम्पन्न गर्नु नै मुलुकको स्थायित्व र संविधानलाई लिगमा ल्याउन ठुलो निकास हुन्छ,’ उनले भनेका छन् ।
थानी सुर्खेत—२ बाट निरन्तर चुनाव लड्दै आएका नेता हुन् । उनी एक पटक केन्द्रमा मन्त्री समेत भइसकेका छन् भने ०७९ मा माओवादीको समर्थनमा चुनाव जितेका थिए ।
कर्णालीमा कांग्रेस इतर पक्षको नेतृत्व गरेका उनी विभाजनका बेला भने देउवा पक्षतिरै खुलेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा एक महिनादेखि सिटी स्क्यान सेवा बन्द, बिरामी निजी अस्पताल धाउन बाध्य
-
चौरजहारी–मुसिकोट सडक १५ दिनका लागि बन्द हुने
-
रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात
-
पहिलो ‘ड्रिम प्रोजेक्ट’ मा भएको ढिलाइ र लागत १८ अर्ब पुग्दा संसदीय समितिमा उठ्यो प्रश्न
-
दीपक भट्ट र शुलभ अग्रवालमाथि म्याद थपियो
-
फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण