भक्तपुरमा श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ
बिहीबार, ०१ माघ २०८२, १६ : ०८
सारांश
- भक्तपुरमा एक व्यक्तिले आफ्नी श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ परेका छन्।
- सामान्य विवादपछि लनाम तामाङले श्रीमती लालमाया तामाङलाई सिलौटोले हानेर हत्या गरे।
- प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ र थप विवरणहरू आउने क्रममा छन्।
भक्तपुर । भक्तपुरमा आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन्। भक्तपुर नगरपालिका–३ वंशगोपाल डेगोमना डेरा गरी बस्ने ३७ वर्षीय लनाम तामाङलाई प्रहरीले बिहीबार बिहान नियन्त्रणमा लिएको हो।
काभ्रेको तेमाल गाउँपालिका–९ घर भएका लनामले ३८ वर्षीया श्रीमती लालमाया तामाङको हत्या गरेको प्रहरीले जनाएको छ। सामान्य वादविवादका क्रममा लनामले सिलौटो प्रहार गर्दा लालमायाको घटनास्थलमै मृत्यु भएको हो।
घटनाबारे जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको थियो। घरायसी झगडाले उग्र रूप लिँदा उक्त घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
प्रहरीले घटनाको सम्बन्धमा थप आवश्यक अनुसन्धान अगाडि बढाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रश्नपत्र चुहावट मुद्दामा फास्ट ट्र्याक अदालत बनाउने मोदीको घोषणा
-
‘बाँदर हेरालु’का लागि दरखास्त आह्वान, मासिक तलब साढे १२ हजार
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण