राष्ट्रिय लिग फुटबल : लालीगुराँस विजयी
काठमाडौँ । राजधानीमा जारी राष्ट्रिय लिग फुटबल प्रतियोगितामा मोफसलको लालीगुराँस एशोसिएसन क्लबले जावलाखेल युथ क्लबलाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा बिहीबार भएको खेलमा पोखराको लालीगुराँस क्लबले ‘ए’ डिभिजन लिग क्लब जावलाखेल युथलाई १–० ले गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको हो ।
लालीगुराँसका लागि राज भुसालले निर्णायक गोल गरे । उनले खेल सुरुआती दोस्रो मिनेटमा गोल गर्दै आफनो टोलीको जित सुनिश्चित गरे । यस जितसँगै लालीगुराँसले शीर्ष तीन अङक बटुलेको छ ।
त्यसैगरी सोही मैदानमा आजै भएको अर्को खेलमा सातदोबाटोे युथ क्लब र संकटा एफसीसँगबीचको खेल गोलरहित बराबरी सकिएको छ ।
अखिल नेपाल फुटबल सङघ (एन्फा)को आयोजनामा हिजो बुधबारदेखि सुरुवात भएको उक्त प्रतियोगितामा विभिन्न १७ टोलीको सहभागिता रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीमा दर्ता हुन थाले राइड सेयरिङ कम्पनी
-
खुकुरी प्रहार गरी महिलाको हत्या, आक्रमणकारी स्थानीयको कुटाइले गम्भीर
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण