एयर इन्डियाको इन्जिन कार्गो कन्टेनरमा अड्किएपछि...
सारांश
- एयर इन्डियाको विमान दिल्लीबाट न्युयोर्कका लागि उड्ने क्रममा इन्जिन कार्गो कन्टेनरमा फसेको थियो।
- विमानमा २४० जना यात्रु थिए र अवतरण सुरक्षित भएपछि विमान पार्किङ स्थलमा गएको थियो।
- बाक्लो कुहिरोका कारण भिजिबिलिटी कम भएको बेला कार्गो कन्टेनर अचानक खसेको थियो।
नयाँ दिल्ली । विमानको इन्जिन कार्गो कन्टेनरमा फसेको घटनामा भारतीय उड्डयन नियामकले छानबिन सुरु गरेको छ । इरानले केही समयका लागि आफ्नो हवाई क्षेत्र बन्द गरेपछि दिल्लीस्थित विमानस्थलबाट न्यूयोर्कका लागि उडेको एयर इन्डियाको विमान बिहीबार उडेको केही समयपछि नै विमानस्थलमा फर्किएको थियो ।
अवतरण सुरक्षित रुपमा गरेपछि विमान धावनमार्गबाट पार्किङ स्थलतिर गयो । विमानभित्र करिब २४० जना यात्री थिए । विमानभित्र कति जना क्रु मेम्बर थिए भन्ने कुरा स्पष्ट छैन ।
यस क्रममा विमानको दाहिने इन्जिन कार्गो कन्टेनरमा अड्कियो । सो समयमा विमानस्थलमा बाक्लो कुहिरो भएकोले भिजिबिलिटी कम भएको नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए)को भनाइ छ ।
घटना स्थानीय समयअनुसार बिहान ५ः २५ तिरको भएको बताइएको छ । कार्गो कन्टेन्टर जमिनमा कार्गो तानिरहेको सवारी साधनबाट अचानक खसेको बताइएको छ ।
विमानस्थलभित्र सामान र कार्गाे ओसारपसार गर्न प्रयोग गरिने गाडीले तानिरहेको कार्टबाट पाङ्ग्रा निस्किएपछि कार्गो कन्टेनर खसेको एयर इन्डियाका प्रवक्ताले बताएका छन् ।
विमानलाई पार्क गर्दै गरेको देखेपछि गाडीका चालक गएका थिए । ‘यद्यपि, खसेको कन्टेनर पछाडि छोडियो र यो विमानको नम्बर २ इन्जिनमा पस्यो,’ एयर इन्डियाले भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१८ वर्ष मुनिकालाई सदस्यता वितरणबारे रास्वपाले आयोगलाई पठायो जवाफ
-
लुम्बिनीका १०९ स्थानीय तहमध्ये डुडुवा मात्रै राष्ट्रिय भूमि आयोगको अन्तिम सूचनामा कसरी ?
-
प्रधानमन्त्री कार्यालयको स्वीकृतिबिना कर्मचारीको नयाँ दरबन्दी सृजना गर्न नपाइने
-
प्रधानमन्त्री र पुँजी बजार–बीमा क्षेत्रका सरोकारवालाबिचकाे छलफल सकियो
-
पुटिन र चोबिच उच्चस्तरीय वार्ता : रुस–उत्तर कोरिया सम्बन्ध सुदृढ बनाउने प्रयास
-
बाँकेमा रु १३ करोड ६१ लाखका सामान बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण