महोत्तरीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना, चारवटै क्षेत्रमा निर्वाचन अधिकृत खटिए
सारांश
- महोत्तरीमा फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ।
- निर्वाचनको तयारीलाई तीव्रता दिन जिल्लाभर निर्वाचन अधिकृतका कार्यालयहरू पनि स्थापना गरिएको छ।
- निर्वाचनलाई निष्पक्ष बनाउन सुरक्षा निकाय र सरोकारवालाहरूसँग समन्वय भइरहेको छ।
महोत्तरी । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि महोत्तरीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। जिल्ला सदरमुकाम जलेश्वरस्थित जिल्ला समन्वय समितिको भवनमा शुक्रबार एक कार्यक्रमका बिच मुख्य निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा ल्याइएको हो।
निर्वाचन कार्यालय महोत्तरीकी प्रमुख रञ्जिता झाका अनुसार निर्वाचनको तयारीलाई तीव्र पार्न कार्यालय स्थापना गरिएको हो। मुख्य निर्वाचन अधिकृत माधवप्रसाद अधिकारीले जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतका कार्यालयहरू पनि बिहीबार नै स्थापना गरिएको जानकारी दिए।
जसअनुसार क्षेत्र नम्बर १ का लागि बर्दिबास उद्योग वाणिज्य सङ्घको कार्यालय, क्षेत्र नम्बर २ का लागि बलवा नगरपालिका–७ बनौटास्थित आधारभूत अस्पताल भवन, क्षेत्र नम्बर ३ का लागि जलेश्वर–२ स्थित जिल्ला समन्वय समितिको कार्यालय र क्षेत्र नम्बर ४ का लागि रामगोपालपुरको महेन्द्र माध्यमिक विद्यालयमा कार्यालयहरू सञ्चालनमा आएका छन्।
मुख्य निर्वाचन अधिकृत अधिकारीका अनुसार अब निर्वाचन आयोगको पूर्व निर्धारित कार्यतालिका बमोजिम उम्मेदवार दर्ता, नामावली प्रकाशन, दाबी–विरोध तथा निर्वाचन आचारसंहिता कार्यान्वयनका प्रक्रियाहरू सुरु हुनेछन्। निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सुरक्षा निकाय, स्थानीय प्रशासन तथा अन्य सरोकारवाला पक्षहरूसँग आवश्यक समन्वय भइरहेको उनले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् महसुलमा ५० प्रतिशत अनुदान
-
मेसीको दुई गोलसँगै अर्जेन्टिनाको लगातार दोस्रो जित
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
-
१२ बजे १२ समाचार: विष्णु पौडेललाई काठमाडौँ ल्याइँदै, मेसीले बनाए विश्वकपमा ऐतिहासिक रेकर्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण