मङ्गलबार, १२ साउन २०८३
ताजा लोकप्रिय

गगन–विश्वलाई केन्द्रीय कार्यसमितिको निर्णय उल्ट्याउने अधिकार छैन : खम्बबहादुर खाती

शुक्रबार, ०२ माघ २०८२, १५ : १२
शुक्रबार, ०२ माघ २०८२

काठमाडौँ । नेपाली कांग्रेस निर्वाचन समिति संयोजक खम्बबहादुर खातीले केन्द्रीय कार्यसमितिले गरेको निर्णय गगन थापा र विश्वप्रकाश शर्मालाई उल्ट्याउने अधिकार नरहेको दाबी गरेका छन् ।

गगन–विश्व समूहले विशेष महाधिवेशन गरेर नयाँ केन्द्रीय कमिटी चयन गरेपछि कांग्रेसमा आधिकारिकताको लडाइँ जारी छ ।

सोही सन्दर्भमा शेरबहादुर देउवा समूहले शुक्रबार आयोगमा पुगेर आफ्ना कुरा राख्दै दिउँसो पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेको थियो । उक्त पत्रकार सम्मेलनमा खातीले महामन्त्रीलाई विशेष महाधिवेशन गर्ने अधिकार नभएको बताएका हुन् ।

‘कांग्रेसको विधानको १७ को ५ ले प्रस्ट भनेको छ । केन्द्रीय कार्यसमितिले गरेको निर्णय उल्ट्याउने अधिकार महामन्त्रीहरूलाई छैन’, खातीले भने, ‘यो विधानको व्यवस्थाका सम्बन्धमा १७ को २ बमोजिम बोलाउने कुरा मात्र होइन यसका धाराहरू एक अर्कामा रिलेटेड छन् ।’

उनले विधानको धारा ३५ अनुसार निर्वाचन कमिटी र कार्यविधि बनाएको भन्दै गगन पक्षले बनाएको कार्यविधि अवैध रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप