सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

दक्षिण एसियाली समन्वय समिति : १३ सदस्यीय समिति गठन

सोमबार, ११ साउन २०८३, १८ : १९
सोमबार, ११ साउन २०८३

सारांश

  • विश्व ज्योतिष महासङ्घ अन्तर्राष्ट्रिय समिति तथा दक्षिण एसियाली समन्वय समितिको १३ सदस्यीय समिति गठन गरिएको छ।
  • दैवज्ञ ज्योतिष डा. ज्ञानेशमान जोशी सभापति र ज्योतिष तथा वास्तुविद् आशिष सिम्खडा महासचिव चयन भएका छन्।
  • समितिले ज्योतिषशास्त्रको अध्ययन, अनुसन्धान, प्रशिक्षण, अन्तर्राष्ट्रिय सहकार्य तथा दक्षिण एसियाली राष्ट्रहरूबिच सहकार्यलाई अझ प्रभावकारी बनाउने निर्णय गरेको छ।

काठमाडौँ। विश्व ज्योतिष महासङ्घ अन्तर्राष्ट्रिय समिति तथा दक्षिण एसियाली समन्वय समितिको १३ सदस्यीय समिति गठन गरिएको छ। 

विश्व ज्योतिष महासङ्घका अध्यक्ष डा. लोकराज पौडेल तथा पञ्चाङ्ग विकास समितिका सभापति आचार्य लक्ष्मण पन्थीको विशेष उपस्थितिमा सोमबार सम्पन्न बैठकले १३ सदस्यीय समिति सर्वसम्मत रूपमा गठन गरेको छ। सभापतिमा दैवज्ञ ज्योतिष डा. ज्ञानेशमान जोशी चयन भएका छन्। 

महासचिवमा ज्योतिष तथा वास्तुविद् आशिष सिम्खडा चयन भएका हुन्, यसअघि  सिम्खडा महासङ्घको राष्ट्रिय समितिमा महासचिवका रूपमा कार्य गर्दै आएका थिए । 

उनको अनुभव, दक्षता, नेतृत्व क्षमता र संस्थाप्रतिको समर्पणलाई मध्यनजर गर्दै महासङ्घले उनलाई अन्तर्राष्ट्रिय समिति तथा दक्षिण एसियाली समन्वय समितिको महासचिवको जिम्मेवारी प्रदान गरेको हो।

बैठकले ज्योतिषशास्त्रको अध्ययन ज्योतिषशास्त्रको अध्ययन–अनुसन्धान, प्रशिक्षण, अन्तर्राष्ट्रिय सहकार्य तथा दक्षिण एसियाली राष्ट्रहरूबिच सहकार्यलाई अझ प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल गर्दै आवश्यक निर्णयहरू गरिएको छ।

कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको हो। नवगठित समितिले संस्थाको विकास र उद्देश्य प्राप्तिका लागि सक्रिय, प्रभावकार तथा परिणाममुखी रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप