मलेसियामा आर्थिक गति तीव्र, चौथो त्रैमासिकमा उल्लेखनीय वृद्धि
काठमाडाैँ । मलेसियाको अर्थतन्त्र सन् २०२५ को चौथो त्रैमासिकमा ५.७ प्रतिशतले विस्तार भएको छ । यो अघिल्लो त्रैमासिकको ५.२ प्रतिशत वृद्धिदरभन्दा बढी हो । मलेसियाको तथ्याङ्क विभागले शुक्रबार सार्वजनिक गरेको प्रारम्भिक अनुमानमा यो जानकारी दिइएको हो ।
विभागका अनुसार ५.७ प्रतिशतको यो वृद्धिदर सन् २०२४ को दोस्रो त्रैमासिकपछि यताकै सबैभन्दा उच्च हो । सन् २०२५ पूरै वर्षको हिसाबले मलेसियाको अर्थतन्त्र ४.९ प्रतिशतले बढेको छ, जुन सन् २०२४ को ५.१ प्रतिशत वृद्धिदरको नजिक छ ।
चौथो त्रैमासिकमा देखिएको बलियो आर्थिक वृद्धिको मुख्य आधार सेवा क्षेत्र रह्यो, जसमा ५.४ प्रतिशतको वृद्धि भएको छ । यसमा थोक तथा खुद्रा व्यापार, यातायात तथा भण्डारण, साथै खाद्य पदार्थ, पेय पदार्थ र आवास उपक्षेत्रको योगदान उल्लेखनीय रहेको विभागले जनाएको छ ।
उत्पादन क्षेत्र ६ प्रतिशतले बढेको छ । यसमा विद्युतीय, इलेक्ट्रोनिक तथा अप्टिकल सामग्री, साथै वनस्पति तथा पशुजन्य तेल, बोसो र खाद्य प्रशोधन उद्योगले प्रमुख भूमिका खेलेका छन् ।
निर्माण क्षेत्रको वृद्धिदर ११.९ प्रतिशतमा कायम रहँदै सशक्त देखिएको छ । गैरआवासीय भवन निर्माण तथा विशेष निर्माण गतिविधिमा भएको तीव्रताले यस क्षेत्रलाई अघि बढाएको हो ।
कृषि क्षेत्रमा पनि उल्लेखनीय सुधार देखिएको छ । तेस्रो त्रैमासिकमा ०.४ प्रतिशत मात्र रहेको वृद्धिदर चौथो त्रैमासिकमा ५.१ प्रतिशत पुगेको छ । यसको मुख्य कारण तेलखजुर उत्पादनमा वृद्धि हुनु हो ।
यस्तै, खानी तथा उत्खनन क्षेत्रमा १.१ प्रतिशतको वृद्धि दर्ता गरिएको छ । कच्चा तेल तथा कन्डेन्सेट उत्पादन सुस्त रहेकाले यस क्षेत्रको वृद्धिदर सीमित रहेको विभागले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५० वर्षभन्दा कम उमेरका मानिसमा क्यान्सर बढ्नुको कारण खराब निद्रा त होइन ?
-
१६ महिनामै फेयेनूर्डद्वारा मुख्य प्रशिक्षक भान पर्सी बर्खास्त
-
विश्वकपअघि क्रोएसियाको सुखद जित, कप्तान मोड्रिचको गोल
-
नर्वेसँग बराबरी खेल्दा मोरक्कोलाई दुई मुख्य खेलाडीको चोटको चिन्ता
-
फिलिपिन्समा ८.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प, एसियाका विभिन्न देशमा सुनामीको चेतावनी
-
राष्ट्रिय सभाका दुई समितिको बैठक आज बस्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण