सुदूरपश्चिम प्रदेशका सबै क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
सारांश
- सुदूरपश्चिम प्रदेश निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको तयारी गरिरहेको छ।
- निर्वाचन प्रक्रिया माघ ६ गतेदेखि सुरु हुनेछ, जसमा मनोनयन दर्ता र प्रारम्भिक नामावली प्रकाशन हुनेछ।
- आयोगले निर्वाचनलाई निष्पक्ष र भयरहित बनाउन सम्पूर्ण तयारी गरिरहेको जनाएको छ।
धनगढी । सुदूरपश्चिममा प्रदेश निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो तयारी तीव्र पारेको छ। आयोगले प्रदेशका १६ वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्दै विस्तृत निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो।
सार्वजनिक कार्यतालिका अनुसार निर्वाचन प्रक्रिया यही माघ ६ गते देखि सुरु हुनेछ। सोही दिन उम्मेदवारको मनोनयन दर्ता गर्ने र प्रारम्भिक नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ।
आयोगका अनुसार माघ ७ गते उम्मेदवारीमाथि दाबी–विरोध, माघ १० गते उम्मेदवारी फिर्ता तथा अन्तिम नामावली प्रकाशन हुनेछ भने माघ ११ गते उम्मेदवारहरूलाई निर्वाचन चिन्ह प्रदान गरिनेछ।
मतदान भने फागुन २१ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ। निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सबै तयारी अघि बढाइएको आयोगले जनाएको छ।
शुक्रवार कैलाली निर्वाचन क्षेत्र नम्बर ५ का लागि धनगढीस्थित स्वास्थ्य तालिम केन्द्रमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। कार्यालयको उद्घाटन कैलालीका जिल्ला न्यायाधीश भुवनसिंह थापाले गरे। प्रदेश निर्वाचन अधिकारी प्रेमराज भट्टका अनुसार प्रदेशका सबै निर्वाचन क्षेत्रमा आजैदेखि निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मंगलबार यी राशिहरूलाई मिल्न सक्छ लाभ, हेर्नुहोस् राशिफल
-
फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु
-
खराब मौसमको कारण फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु हुन थप १५ मिनेट ढिलाइ
-
लगातार दोस्रो जिततर्फ फ्रान्सको पाइला: पहिलो हाफको समाप्तिमा इराकमाथि १–० को अग्रता
-
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
-
खतरनाक ‘हिट स्ट्रेस’ मा विश्वव्यापी वृद्धि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण