कांग्रेसको आन्तरिक मामिलामा धेरै नबोलौँ : याेगेश भट्टराई
काठमाडौँ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेपाली कांग्रेसको आन्तरिक मामिलामा धेरै बोल्न नहुने बताएका छन् । शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उपमहासचिव भट्टराईले यस्तो बताएका हुन् ।
उनले विभाजित कांग्रेस कुनै उपायले पुनः एक हुने अवस्था बनोस् भन्दै शुभकामना समेत दिए ।
उपमहासचिव भट्टराईले संविधान विपरीत दल विभाजन सम्बन्धी अध्यादेश ल्याएर नेकपा एमालेलाई विभाजित गरिँदा शेरबहादुर देउवा नै प्रधानमन्त्री भएको स्मरण गर्दै भने, 'संसद् एक महिना नारा लगाएको मलाई सम्झना छ । सभामुखले सुन्नै सुन्नु भएन । त्यतिबेला हामीले भनेका थियौ– प्रधानमन्त्रीज्यू कुनै बेला तपाईँलाई पनि आइपर्ला है ? २०५४ साल फागुनमा एमाले विभाजन हुँदा तत्कालीन सभामुखको भूमिका के थियो ? '
लोकतान्त्रिक आन्दोलनमा अगुवाइ गरेको नेपालको पुरानो पार्टी नेपाली कांग्रेस विभाजित हुनु दुःखको भएको बताए । पार्टीको विधान, नेपालको संविधान तथा राजनीतिक दल सम्बन्धी ऐनका आधारमा कानुनी छिनोफानो हुने समेत उनले बताए ।
टुटफुट र विभाजनतिर कसैले कसैलाई नउकास्न उनले आग्रह समेत गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण