चम्पादेवीमा ४३ वर्षीय पुरुष मृत फेला
ओखलढुङ्गा । ओखलढुङ्गा जिल्लाको चम्पादेवी गाउँपालिका–८ बिलन्दुमा ४३ वर्षीय पुरुष मृत फेला परेका छन् । धनबहादुर खत्रीको छोरा डाकबहादुर खत्री घर नजिकै बाटोको छेउमा मृतावस्थामा भेटिएका हुन् । आज बिहान करिब ६ः ३० बजेको समयमा घरभन्दा अन्दाजी ५० मिटर टाढा मृतावस्थामा खत्रीको शव भेटिएको थियो ।
बाटो हिँड्ने क्रममा स्थानीयवासीले बाटोमा मृतावस्थमा खत्रीको शव भेटेपछि घरमा मृतकको आमालाई खबर गरेका थिए । आमा घटनास्थल पुगी छोराको शवलाई बोकाई घरमा ल्याएकी थिइन् । छोरालाई मृतावस्थामा भेटेर घरमा ल्याएर जनप्रतिनिधि र प्रहरीलाई खबर गरिएको स्थानीयवासीले बताएका छन् ।
प्रहरी चौकी घोराखोरीबाट प्रहरी सहायक निरीक्षक रत्नेश राउत कुर्मीको टोलीले घटनास्थल सुरक्षित गरेको थियो । थप कानुनी प्रक्रिया र आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बरुणेश्वर रामपुरबाट प्रहरी निरीक्षक मनिष लुइँटेलको टोली घटनास्थलतर्फ गएको थियो ।
आवश्यक कानुनी प्रक्रियापश्चात शवलाई परीक्षणका लागि पठाइएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होल्डिङ सेन्टरका सुकुमबासीको आर्तनाद : सरकारले खानाको व्यवस्था नगरेको भन्दै सुरु गरे आन्दोलन
-
राष्ट्रिय युवा संघले ‘एक पालिका–एक उत्पादन’ कार्यक्रम सञ्चालन गर्ने
-
सुन प्रतितोला २ लाख ९८ हजार २०० रुपैयाँ पुग्यो
-
आज रास्वपाको सुदूरपश्चिम प्रदेश अधिवेशन
-
चतुर्भुज परियोजना : अर्थतन्त्रको ‘गेमचेन्जर’ योजना, तर कार्यान्वयनमा शङ्का
-
चतुर्भुज परियोजनाले आर्थिक गतिविधि चारैतिर विस्तार हुन्छ : पूर्वसचिव अधिकारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण