एन्फा निर्वाचन : दुई समूहबिच प्रतिस्पर्धा निश्चित, अदालत र राखेपका निर्देशन अवज्ञा
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आगामी माघ २८ गते झापामा तय भएको चुनावी साधारणसभामा दुई समूहबिच प्रतिस्पर्धा हुने निश्चित भएको छ ।
उच्च अदालत पाटन र राष्ट्रिय खेलकुद परिषद् (राखेप) को निर्देशनलाई बेवास्ता गर्दै एन्फा निर्वाचनको प्रक्रिया अगाडि बढेको हो ।
मनोनयनको अन्तिम दिन शनिबार दीर्घबहादुर केसी (कुमार) ले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका छन् । अर्कोतर्फ वर्तमान अध्यक्ष पंकजविक्रम नेम्वाङले यसअघि नै अध्यक्ष पदमा पुनः दोहोरिन उम्मेदवारी दर्ता गराइसकेका छन् । उनको समूहमा वर्तमान कार्यसमितिका पदाधिकारीहरूलाई समेटिएको छ ।
अध्यक्ष पदका उम्मेदवार केसीले अदालत र राखेपको निर्देशनलाई बेवास्ता गरिएको अवस्थामा बाध्य भएर उम्मेदवारी दिनुपरेको बताएका छन् । उनले सस्थापन पक्षले उम्मेदवारी दिएपछि आफू पनि उम्मेदवारी दिन बाध्य भएको बताए ।
त्यस्तै शनिबार नै वरिष्ठ उपाध्यक्षमा सुन्दर नरसिंह जोशी र दीपक खतिवडाले उम्मेदवारी दिएका छन् । त्यस्तै उपाध्यक्ष पदमा उत्तमराज भण्डारी, अनिल श्रेष्ठ र पेमा डोल्मा लामाले उम्मेदवारी दिएका छन् ।
यसअघि अदालत र राखेपले चाँडो निर्वाचनको आवश्यकता नभएको भन्दै चुनावी प्रक्रिया अगाडि नबढाउन आदेश दिएका थिए । अदालतले माघ ६ गते दुवै समूहलाई छलफलका लागि बोलाएको छ । राखेपले पनि एन्फालाई ११ बुँदा संशोधन गरेर मात्र निर्वाचन गर्न निर्देशन दिएको थियो, तर एन्फा नेतृत्वले एएफसी र फिफाको स्वीकृतिलाई देखाउँदै चुनावी प्रक्रियालाई निरन्तरता दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण