नारायणकाजी श्रेष्ठले राष्ट्रियसभा सदस्यबाट राजीनामा दिए
आइतबार, ०४ माघ २०८२, १२ : १६
सारांश
- नारायणकाजी श्रेष्ठले राष्ट्रियसभा सदस्यबाट राजीनामा दिएका छन्।
- उनी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सर्लाही ३ बाट उम्मेदवार बन्ने भएका छन्।
- श्रेष्ठ २०७६ मा गण्डकी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका थिए।
काठमाडौँ । नारायणकाजी श्रेष्ठले राष्ट्रियसभा सदस्यबाट राजीनामा दिएका छन् । श्रेष्ठले आइतबार बिहान राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाललाई राजीनामा बुझाएका हुन् ।
फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि नेपाली कम्युनिस्ट पार्टीले श्रेष्ठलाई सर्लाही ३ बाट उम्मेदवार बनाएको छ । श्रेष्ठले राजीनामा दिएको जानकारी संसद् सचिवालयले निर्वाचन आयोगलाई जानकारी गराउने अध्यक्ष दाहालका प्रेस सल्लाहकार दिल्ली मल्लले जानकारी दिए ।
श्रेष्ठ २०७६ साल माघमा गण्डकी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका थिए । उनको कार्यकाल यही फागुन २० गते समाप्त हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण