निर्वाचित पद त्यागेर एमालेबाट चुनाव लड्दैछन् यी जनप्रतिनिधि
सारांश
- नेकपा एमालेका चार जनप्रतिनिधिले राजीनामा दिएर चुनाव लड्ने भएका छन्, उनीहरूले प्रतिनिधिसभाका लागि टिकट पाएका हुन्।
- रामचन्द्र मण्डल, सतिश सिंह, प्रमोद जैसवाल र खिमबहादुर थापाले राजीनामा दिएका हुन् र उनीहरू विभिन्न क्षेत्रबाट चुनाव लड्दैछन्।
- भगवती न्यौपानेले पनि राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिएकी छिन् र उनलाई तनहुँ १ बाट टिकट दिइएको छ।
काठमाडौँ । नेकपा एमालेका विभिन्न जनप्रतिनिधिले राजीनामा दिएर चुनाव लड्ने भएका छन् । हाल प्रदेशसभामा तथा स्थानीय तहमा जनप्रतिनिधि रहेका उनीहरू एमालेबाट प्रतिनिधिसभाका लागि टिकट पाएका हुन् । उनीहरुले उम्मेदवारी दर्ता गर्नेबित्तिकै यी पद खाली हुनेछन् ।
यस्ता प्रतिनिधिहरूमा रामचन्द्र मण्डल, सतिश सिंह, प्रमोद जैसवाल तथा खिमबहादुर थापा रहेका छन् ।
मण्डल मधेस प्रदेश सभाका सदस्य हुन् । यसअघि सभामुख रहेका उनी सभाको दुई तिहाइ बहुमतबाट पदमुक्त भएका थिए । उनलाई धनुषा–१ को टिकट दिइएको छ । यसअघि उनी धनुषा–१ (ख) बाट निर्वाचित भएका थिए ।
सतिश सिंह पनि मधेस प्रदेशका सदस्य हुन् । मुख्यमन्त्री भइसकेका उनी यसअघि जनमत पार्टीबाट सप्तरी–२ (क) प्रदेशसभामा निर्वाचित भएका थिए । हाल उनी सप्तरी-२ बाट प्रतिनिधिसभामा उम्मेदवारी दिन लागेका हुन् । उनलाई एमालेले समर्थन गर्ने जनाए पनि आफू एमालेबाट उम्मेदवार नबन्ने सिंहले प्रस्ट्याएका छन् । उनी आफू स्वाभिमान पार्टी (बाली बोकेको महिला चुनाव चिन्ह)बाट लड्ने प्रस्ट पारेका छन् ।
त्यस्तै, प्रमोद जैसवाल पनि मधेस प्रदेश सभाका सदस्य हुन् । पर्सा–३ (क) स्वतन्त्र रूपमा जितेर एमाले प्रवेश गरेका उनलाई एमालेले पर्सा(३ का लागि टिकट दिएको छ ।
खिमबहादुर थापा भने स्थानीय तहका जनप्रतिनिधि हुन् । स्याङ्जाको कालीगण्डकी गाउँपालिका अध्यक्ष रहेका उनलाई एमालेले स्याङ्जा-२ बाट टिकट दिएको हो ।
यस्तै राष्ट्रियसभाका सदस्य रहेकी भगवती न्यौपानेले समेत चुनाव लड्न राजीनामा दिएकी छिन् । उनलाई एमालेले तनहुँ १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि टिकट दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्धबिच राष्ट्रिय एकताको आह्वान गर्दै इरानका सर्वाेच्च नेताको सन्देश
-
रवि लामिछानेका सामु भारतीय प्रधानमन्त्री मोदीले दोहोर्याए १२ वर्ष पुरानो कुरा
-
फिल्म अभिनयमा डेब्यु गर्दै गायक पशुपति शर्मा
-
टिकटकर तुलसा अधिकारीको थुनछेक बहस सकियो
-
भिसाको अन्योलबिच विश्वकपका लागि मेक्सिको प्रस्थान गर्दै इरानी टोली
-
एआईलाई सिर्जनात्मक स्वतन्त्रता दिने कि नदिने ? विवादमा तानिए मार्टिन स्कोर्सेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण