सप्तरी-२ : सीके राउत दोहोरिने, उपेन्द्र यादवको क्षेत्र गोप्य
सारांश
- अघिल्लो निर्वाचनमा उपेन्द्र यादवलाई पराजित गरेका सीके राउत यसपटक सप्तरी-२ बाट चुनाव लड्ने तयारीमा छन्।
- यसपटक यादव र राउतबीच चुनावी तालमेल हुने सम्भावना रहेकोले उनीहरू आमनेसामने नहुने भएका छन्।
- जसपा नेपालका नेताहरूले उपेन्द्र यादव सप्तरीबाटै चुनाव लड्ने बताए पनि कुन क्षेत्रबाट भन्ने गोप्य राखिएको छ।
काठमाडौँ । अघिल्लो निर्वाचनमा सप्तरी क्षेत्र नम्बर २ निकै चर्चामा थियो । त्यहाँ मधेसको स्थापित दल जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र वैकल्पिक भनिएको जनमत पार्टीका अध्यक्ष डा. सीके राउत आमनेसामने भएका थिए । निर्वाचनमा राउतले यादवलाई भारी मतान्तरले पराजित गरेका थिए ।
यसपटक पनि यो क्षेत्रमा धेरैको चासो छ । तर यसपटक यादव र राउत आमनेसामने नहुने भएका छन् । किनकि उनीहरूको दल लोकतान्त्रिक मोर्चामा आवद्ध भएकाले चुनावी तालमेल हुने सहमति भएको छ । यस्तोमा सप्तरी-२ मा डा. सीके राउतले दोहोरिने संकेत दिएका छन् भने उपेन्द्र यादव कुन क्षेत्रमा चुनाव लड्लान् भन्ने गोप्य राखिएको छ ।
जनमत पार्टीले राउतले नै त्यस क्षेत्रबाट उम्मेदवारी दिने बताइसकेको छ । जसपा नेपालका नेताहरुले उपेन्द्र यादव सप्तरीबाटै चुनाव लड्ने भनेपनि खुलाएका छैनन् ।
‘उपेन्द्र यादव सप्तरीबाट चुनाव लड्नुहुन्छ । तर कुन क्षेत्रबाट लड्नुहुन्छ त्यो गोप्य राखिएको छ,’ जसपा नेपालका एक नेताले भने, ‘मोर्चामा रहेका दलहरुका शीर्ष नेताबिच छलफल हुनु बाँकी छ । मोर्चामा सहमति भएपछि उपेन्द्र यादवको क्षेत्र पनि टुङगो लाग्छ ।’ डा. राउतको सचिवालयका अनुसार सप्तरी–२ बाट चुनाव लड्नका लागि तयारी गरिरहेका छन् । यद्यपि लोकतान्त्रिक मोर्चाले हालसम्म कुनै निर्णय गरेको छैन ।
जसपा नेपालले मोर्चामा रहेका शीर्ष नेताहरु राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतो, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरी एकापसमा नभिड्ने सहमति रहेको बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण