जङ्गी अड्डामा फोटो तथा बृहत् प्रदर्शनी सुरु
काठमाडौँ । सैनिक फोटो तथा बृहत् प्रदर्शनी सुरु भएको छ । प्रधान सेनापति अशोक राज सिग्देलले आइतबार जङ्गी अड्डामा आयोजित कार्यक्रममा फोटो तथा बृहत् प्रदर्शनीको शुभारम्भ गरेका हुन् ।
आम नागरिकलाई नेपाली सेनाका गतिविधिबारे जानकारी गराउने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
प्रधान सेनापति सिग्देलले नेपाली सेना फोटो प्रतियोगिता–२०८२ का उत्कृष्ट ३ जना गैरसैनिक फोटोग्राफर र तीन वटा सैनिक युनिट र एक जना जनसम्पर्क तथा सूचना निर्देशनालयका फोटोग्राफरलाई पुरस्कार प्रदान गरेका छन् ।
सैनिक फोटो तथा बृहत् प्रदर्शनी उद्घाटनपछि प्रधान सेनापति, नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरी महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख र सैनिक जर्नेलहरूले प्रदर्शनी अवलोकन गरे । माघ ७ गतेसम्म चल्ने प्रदर्शनीमा ३१ वटा स्टल राखिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण