झापा– ५ मा राप्रपाले उम्मेदवारी दिने, लक्ष्मी संग्रौलाको नाम फाइनल
विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि झापा जिल्लाका चार वटा निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फका उम्मेदवारहरूको नाम टुङ्गो लगाएको छ । पार्टीको पछिल्लो निर्णयअनुसार झापाका पाँचमध्ये चार क्षेत्रमा उम्मेदवारहरूको चयन प्रक्रिया पूरा भएको हो ।
राप्रपाका अनुसार झापा क्षेत्र नम्बर १ मा नरेन्द्र खड्का, क्षेत्र नम्बर ३ मा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन, क्षेत्र नम्बर ४ मा भक्ति सिटौला र क्षेत्र नम्बर ५ मा लक्ष्मी संग्रौलालाई उम्मेदवार बनाउने निश्चित भएको छ। क्षेत्र नम्बर ४ का उम्मेदवार सिटौला हाल कोशी प्रदेश सभाका सदस्य समेत हुन् ।
झापा क्षेत्र नम्बर २ को हकमा भने उम्मेदवारको नाम अझै सार्वजनिक गरिएको छैन। सो क्षेत्रमा स्वागत नेपालको उम्मेदवारी रहने प्रबल सम्भावना रहेको र यसबारे भोलि बस्ने पार्टीको बैठकले अन्तिम निर्णय लिने दमक नगरपालिकाका मेयर एवं राप्रपा कोशी प्रदेश समितिका अध्यक्ष रामकुमार थापाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याराडोनाको विवादास्पद गोलसँगै पराजित भएकै मैदानमा मेक्सिकोसँग भिड्दै इंग्ल्यान्ड
-
पदयात्रा पर्यटनका समस्या समाधान गर्न पर्यटनमन्त्रीकाे ध्यानाकर्षण
-
प्रविधिमार्फत निगरानी बढाउँदै ट्राफिक प्रहरी
-
बङ्गलादेशको निर्यातमा सामान्य कमी
-
शिथिल अर्थतन्त्रलाई गति दिने मौद्रिक नीतिको खोजी
-
अढाई सय वर्षको भयो अमेरिका, तर विभाजनको राजनीति जस्ताको त्यस्तै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण