आइतबार, २१ असार २०८३
ताजा लोकप्रिय

म्याराडोनाको विवादास्पद गोलसँगै पराजित भएकै मैदानमा मेक्सिकोसँग भिड्दै इंग्ल्यान्ड

आइतबार, २१ असार २०८३, २१ : २०
आइतबार, २१ असार २०८३

एज्टेका स्टेडियममा मेक्सिकोविरुद्ध इङ्ल्यान्ड उत्रँदै गर्दा एकातिर इङ्लिस समर्थकहरू उत्साहित छन् भने अर्कोतिर सशंकित पनि । 

यही ऐतिहासिक स्टेडियममा सन् १९७० र १९८६ को विश्वकप फाइनल खेलिएको थियो । तर, इङ्ल्यान्डका लागि भने एज्टेका अनुभव एकदमै दुःखद भयो । 

यही मैदानमा सन् १९८६ विश्वकपको क्वार्टरफाइनलमा अर्जेन्टिनाका महान् खेलाडी डिएगो म्याराडोनाले ‘चिरपरिचित’ ‘ह्यान्ड अफ गड’ गोल गरेका थिए । त्यस खेलमा अर्जेन्टिनाले इङ्ल्यान्डलाई २–१ ले हराउँदै प्रतियोगिताबाट बाहिर निकालेको थियो । 

घरेलु टोलीलाई फाइदा भए पनि इङ्ल्यान्डका खेलाडीहरू एज्टेकामा खेल्न पाउँदा उत्साहित छन् । तर इङ्ल्यान्डका समर्थकहरूका लागि एज्टेका आज पनि १९८६ को पीडादायी सम्झनासँग जोडिएको छ । 

इङ्ल्यान्डका मुख्य प्रशिक्षक थोमस टुचेलले शनिबारको पत्रकार सम्मेलनमा भने, ‘मैले यहाँ आइपुग्नेबित्तिकै महसुस गरें कि यो साँच्चिकै विश्वकपको ठुलो खेल हुनेछ,’ उनले थपे, ‘हामीलाई पहिले नै थाहा थियो । यो ऐतिहासिक स्टेडियम हो । यहाँ प्रवेश गर्नेबित्तिकै दर्शकहरूको उत्साह र भावनाले तपाईंलाई छुन्छ ।’

त्यसो त मेक्सिको र इङ्ल्यान्डबिचको खेलअघि सबैभन्दा धेरै चर्चा एज्टेका स्टेडियमको उच्च उचाइ, सम्भावित खराब मौसम र खेल तालिकाबारे भइरहेको छ । समुद्री सतहबाट करिब २,२४० मिटर (७,३५० फिट) उचाइमा रहेको एज्टेका स्टेडियममा खेल्दा खेलाडीहरूलाई सास फेर्न कठिन हुन सक्छ ।

यस्तो उचाइमा बल सामान्यभन्दा छिटो र टाढासम्म जान सक्छ । खेलाडीहरूलाई अक्सिजनको कमीका कारण थकान र सास फेर्न समस्या हुन सक्छ । त्यसमाथि हजारौं मेक्सिकन समर्थकको अत्यन्त उत्साही वातावरणले घरेलु टोलीलाई थप ऊर्जा दिने अपेक्षा गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप