निर्वाचन आयाेग
हालसम्म ८९ लाख १७ हजार मतपत्र छपाई सम्पन्न
सोमबार, ०५ माघ २०८२, ०१ : ३८
सारांश
- निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको समानुपातिक तर्फको ८९ लाख १७ हजार मतपत्र छापिसकेको छ।
- आयोगले दुई करोड आठ लाख ३० हजार मतपत्र छाप्ने लक्ष्य राखेको छ र अझै एक करोड १९ लाख १३ हजार मतपत्र छाप्न बाँकी छ।
- २० हजार ८३० बाकस बराबरको मतपत्र प्याकिङ भइसकेको छ भने १४ हजार ४२० बाकसको प्याकिङ हुन बाँकी छ।
काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनको समानुपातिक तर्फको कूल ८९ लाख १७ हजार थान मतपत्र छपाई भइसकेको छ ।
आयोगले भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्रमा मतपत्र छपाई गरिरहेको छ । पछिल्लो २४ घण्टामा मात्रै १३ लाख १४ हजार मतपत्र छपाई भएको थियो । आयोगले कूल दुई करोड आठ लाख ३० हजार मतपत्र छपाई गर्ने लक्ष्य राखेको छ । कुल मतदाता भन्दा केही प्रतिशत बढी मतपत्र छपाई गर्नुपर्ने आयोगले जनाएको छ ।
आयोगले उपलब्ध गराएको विवरण अनुसार अब एक करोड १९ लाख १३ हजार मतपत्र छपाई हुन बाँकी छ । यस्तै, हालसम्म २० हजार ८३० बाकस बराबरको मतपत्र भने प्याकिङ भइसकेको छ । अब १४ हजार ४२० बाकस बराबरको मतपत्र प्याकिङ गर्न बाँकी छ ।
केन्द्रले १० लाख ९८ हजार दुई सय थान मतपत्र भने नमुनाका रूपमा आयोगमा पठाइसकिएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण