टी-२० विश्वकप : पाकिस्तानी मूलका खेलाडीको भिसा समस्या सुल्झिँदै, रेहान र आदिलले पाए अनुमति
सारांश
- आगामी टी-२० विश्वकपका लागि भारत जानुपर्ने इंग्ल्याण्डका रेहान अहमद र आदिल राशिदको भिसा जारी भयो।
- पाकिस्तानी मूलका खेलाडी भएकाले भिसा पाउन ढिलाइ भएपछि आईसीसीले सक्रियता देखाएको थियो।
- भारत र पाकिस्तानबीचको तनावपूर्ण सम्बन्धका कारण पाकिस्तानी मूलका खेलाडीलाई भिसा पाउन समस्या हुने गरेको छ।
नयाँ दिल्ली । आगामी टी-२० विश्वकपका लागि भारत जानुपर्ने इंग्ल्याण्डका स्पिनरद्वय रेहान अहमद र आदिल राशिदको भिसा जारी भएको छ।
पाकिस्तानी मूलका भएकै कारण उनीहरूले भिसा पाउन ढिलाइ भएको समाचार बाहिरिएपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सक्रियता देखाएको थियो। इंग्ल्याण्डका अन्य खेलाडीले भिसा पाउँदा रेहान र आदिल भने क्लियरेन्सको पर्खाइमा थिए।
भारत र पाकिस्तानबिचको तनावपूर्ण कूटनीतिक सम्बन्धको असर पछिल्ला वर्षहरूमा खेलकुदमा पनि देखिँदै आएको छ। विशेष गरी पाकिस्तानी मूलका वा पाकिस्तानी राहदानी भएका खेलाडीहरूले भारतीय भिसा पाउन निकै कठिन प्रक्रिया पार गर्नुपर्ने हुन्छ।
यसअघि अमेरिकाका अली खानले पनि आफूलाई भारतीय भिसा दिन अस्वीकार गरिएको सामाजिक सञ्जालमार्फत बताएका थिए। सन् २०२३ को एकदिवसीय विश्वकपमा पनि पाकिस्तानको टोलीले भारत प्रस्थान गर्नुअघि यस्तै ढिलाइको सामना गर्नुपरेको थियो।
यसपटकको विश्वकपमा क्यानडा, नेदरल्याण्ड्स, यूएई, इंग्ल्याण्ड, इटाली, बंगलादेश र अमेरिकाका गरी कुल ४२ जना खेलाडी तथा अफिसियलहरू पाकिस्तानी मूलका छन्। बंगलादेशको प्रशिक्षण टोलीमा रहेका मुश्ताक अहमददेखि विभिन्न टोलीका खेलाडीहरूले भिसाका लागि आवेदन दिएका छन्।
नेदरल्याण्ड्स र क्यानडाका खेलाडीको भिसा प्रक्रिया टुङ्गिसकेको छ भने अन्य टोलीका सदस्यहरूको आवेदनमाथि आगामी साता छलफल हुनेछ।
विश्वकप फेब्रुअरी ७ देखि सुरु हुँदैछ र आईसीसीले जनवरी ३१ सम्ममा सबैको भिसा प्रक्रिया सकिनेमा विश्वास व्यक्त गरेको छ। आईसीसीले विश्वभरका भारतीय दूतावास र कन्सुलर कार्यालयहरूसँग समन्वय गरिरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
-
कम्युनिस्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छ: पूर्वप्रधानमन्त्री नेपाल
-
एक वर्षमै एक लाख २७ हजारभन्दा बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण