उम्मेदवारी दर्ताका लागि ओली झापा जाँदै
सारांश
- एमाले अध्यक्ष केपी शर्मा ओली फागुन २१ गते हुने निर्वाचनका लागि झापा जाँदैछन्।
- ओलीले झापा क्षेत्रका निर्वाचन तयारीबारे जानकारी लिने र स्थानीय नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम छ।
- यसपटक झापा-५ मा ओली, बालेन शाह र रञ्जित तामाङबीच प्रतिस्पर्धा हुने सम्भावना रहेको छ।
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आगामी फागुन २१ गते हुने आम निर्वाचनका लागि आज झापा जाँदैछन्। झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी मनोनयन दर्ता गर्न उनी बिहान १०:२५ को जहाजबाट भद्रपुर ओर्लने कार्यक्रम छ।
यसपटकको निर्वाचनमा झापा-५ राष्ट्रिय राजनीतिमै सबैभन्दा बढी चर्चाको केन्द्रमा रहेको छ, जहाँ अध्यक्ष ओलीसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट काठमाडौँका मेयर बालेन शाहले पनि उम्मेदवारी दिने तयारी गरेका छन्।
झापा पुगेलगत्तै अध्यक्ष ओलीले जिल्लाका सबै क्षेत्रको निर्वाचन तयारीबारे जानकारी लिने कार्यक्रम छ। उनले भद्रपुरमै क्षेत्र नम्बर १ र ३ का नेता-कार्यकर्तासँग भेटघाट गरी पछिल्लो अवस्थाबारे बुझ्नेछन्। त्यसपछि बिर्तामोडमा क्षेत्र नम्बर २ र सुरुङ्गामा क्षेत्र नम्बर ४ को तयारीबारे जानकारी लिने तालिका रहेको छ। आफ्नै निर्वाचन क्षेत्र झापा-५ को तयारीबारे भने उनले दमकमा स्थानीय नेताहरूसँग विस्तृत छलफल गर्नेछन्।
यसपटकको भ्रमणमा ओलीले दमकस्थित आफ्नो निवासमा पनि जाने कार्यक्रम बनाएका छन्। सो निवास जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट प्रभावित भएको थियो।
भदौमा भएको सो विद्रोह र सत्ता फेरबदलपछि पहिलो पटक हुन लागेको यो निर्वाचनलाई एमालेले निकै प्रतिष्ठाको विषय बनाएको छ। झापा-५ मा ओली, बालेन शाह र नेपाली कम्युनिस्ट पार्टीका रञ्जित तामाङबिच त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जाजरकोटको भेरी नगरपालिकाको निर्णय पुस्तिका हराएको भन्दै खोजीदिन सीडीओसँग गुहार
-
मानव अधिकार रक्षकको सुरक्षाका लागि विशेष कानुन बनाउन माग
-
बैंकिङ कसूर मुद्दामा १३ वर्षदेखि फरार सविता कार्की पक्राउ
-
निको कप महिला टि–ट्वान्टी राष्ट्रिय क्रिकेटमा लुम्बिनीको पहिलो जित
-
बैंकिङ क्षेत्रलाई राष्ट्र बैंकको 'ब्याक-टू-ब्याक' निर्देशन: अविश्वास कि माइक्रो म्यानेजमेन्ट ?
-
इरान युद्धमा मध्यस्थ भूमिका खेलेको पाकिस्तानले पाउला त आर्थिक लाभ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण