एक खेल बाँकी छँदै अभिक बने च्याम्पियन
सारांश
- अभिक शाहले हिमालयन च्यालेन्जर्स फिडे रेटिङ क्लासिकल चेसको उपाधि जितेका छन्।
- उनले आठै खेल जितेर सनसनीपूर्ण प्रदर्शन गर्दै २४ अंक बनाए।
- हार्दिक पन्त दोस्रो र सजल तथा सात्विकमान तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्दैछन्।
काठमाडौँ । अभिक शाहले हिमालयन च्यालेन्जर्स फिडे रेटिङ क्लासिकल चेसको उपाधि आफ्नो कब्जामा पारेका छन्। आइतबार भएको आठौँ चरणको खेलमा निहाना श्रेष्ठलाई पराजित गरेसँगै अभिकले अन्तिम चरणको खेल बाँकी छँदै उपाधि सुरक्षित गरेका हुन्। उच्च वरीयताका अभिकले प्रतियोगितामा अहिलेसम्म खेलेका सबै आठ वटै खेल जितेर सनसनीपूर्ण प्रदर्शन गरेका छन्।
काठमाडौँको थापाथलीस्थित हिमालयन चेस एकेडेमीको हलमा भइरहेको यस प्रतियोगितामा अभिकले २४ अंक जोडेका छन्। उनले निहानालाई हराउनुअघि सौर्य प्रताप सिंह कार्की, आशिर्वाद थापा, शुभांग प्रधान, सजल न्यौपाने, सात्विकमान तुलाधर, लियोन महर्जन र उजिभानी कँडेललाई लगातार पाखा लगाएका थिए। सोमबार हुने अन्तिम तथा नवौँ चरणको खेलमा उनले हार्दिक पन्तको सामना गर्नेछन्, जहाँ उनी आफ्नो अपराजित यात्रालाई कायमै राख्ने लक्ष्यमा हुनेछन्।
प्रतियोगितामा १७ अंकसहित हार्दिक पन्त दोस्रो स्थानमा छन्। उनले आठौँ चरणमा सजल न्यौपानेलाई पराजित गर्दै दोस्रो स्थान पक्का गरेका हुन्। १६ अंक जोडेका सजल र सात्विकमान तुलाधर तेस्रो स्थानका लागि प्रतिस्पर्धामा छन्। अन्तिम चरणमा यी दुईबीचको भिडन्तले तेस्रो स्थानको टुङ्गो लगाउनेछ। यस्तै निहाना, प्रवीर केसी, आशिर्वाद, लियोन र अजि राई १५ अंकसहित पछ्याइरहेका छन्।
हिमालयन चेस एकेडेमीले आयोजना गरेको यो ११ औँ प्रतियोगिता हो। २८ स्कुल र कलेजका ३० खेलाडी सहभागी यस क्लासिकल चेसमा पूर्व राष्ट्रिय च्याम्पियन केशव श्रेष्ठ र फिडे मास्टर रिजेन्द्र राजभण्डारीले खेलको प्राविधिक विश्लेषण गरिरहेका छन्। छोटो समयका खेलहरू बढी चल्तीमा भए पनि खेलाडीको वास्तविक क्षमता विकासका लागि क्लासिकल चेसलाई महत्त्वपूर्ण मानिन्छ। माघ ५ गते सोमबार यस प्रतियोगिताको औपचारिक समापन हुनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण