सुनको मूल्यमा फेरि नयाँ कीर्तिमान, तोलामा २ लाख ८२ हजार पुग्यो
सारांश
- सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामा २ लाख ८२ हजार रुपैयाँ पुगेको छ, जसले नयाँ कीर्तिमान बनाएको छ।
- आइतबारको तुलनामा सुनको मूल्य तोलामा ४ हजार २ सय रुपैयाँले बढेको छ, भने चाँदीको मूल्य पनि बढेको छ।
- अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि, डलरको उतारचढाव र लगानीकर्ताको आकर्षण बढ्नुले सुनचाँदीको मूल्य बढेको हो।
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ कीर्तिमान बनाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा २ लाख ८२ हजार रुपैयाँ पुगेको छ।
महासंघले सार्वजनिक गरेको मूल्यसूचीअनुसार १० ग्राम सुनकै मूल्य २ लाख ४१ हजार ७७० रुपैयाँ पुगेको छ ।
यसअघि आइतबार सुन तोलामा २ लाख ७७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। एकै दिनमा सुनको मूल्य तोलामा ४ हजार २ सय रुपैयाँले बढेको महासंघले जनाएको छ।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलामा ५ हजार ८१० रुपैयाँ पुगेको छ भने १० ग्राम चाँदीको मूल्य ४ हजार ९८१ रुपैयाँ कायम गरिएको छ। आइतबार चाँदी तोलामा ५ हजार ६२५ रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि, डलरको उतारचढाव र लगानीकर्ताको आकर्षण बढ्नुले नेपाली बजारमा पनि सुनचाँदीको मूल्य लगातार उकालो लागिरहेको महासंघको भनाइ छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक सातापछि सगरमाथा आधार शिविर क्षेत्रबाट दावा शेर्पाको उद्धार, थप उपचारको लागि काठमाडौँ ल्याइयो (तस्बिरहरू)
-
अफगानिस्तानमा बारुदी सुरुङ विस्फोट : २ जना बालबालिकाको मृत्यु
-
प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो
-
अल्छीपन छोड्नुहोस्, आयु बढाउनुहोस्
-
फोहोर सम्झिएर नफाल्नुहोस् तरकारी तथा फलफूलका बोक्रा र चियापत्ती
-
२० मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण