निर्वाचन लड्न खेलकुदमन्त्री बब्लु गुप्ताको राजीनामा
काठमाडौँ । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले मन्त्री पदबाट राजीनामा दिएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिने तयारीस्वरूप उनले आफ्नो पद त्यागेका हुन् ।
उम्मेदवारी दर्ताको सिलसिलामा सिरहा पुगेका गुप्ताले इमेलमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राजीनामा पठाएको जानकारी दिएका छन् । उनले आफ्नो राजीनामाबारे प्रधानमन्त्रीलाई टेलिफोनमार्फत समेत जानकारी गराइसकेको बताएका छन् ।
“उम्मेदवारी दिने सिलसिलामा म अहिले सिरहा पुगेको छु, इमेलमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राजीनामा पठाएको छु,” उनले भने, “आफ्नो राजीनामाबारे टेलिफोनमार्फत प्रधानमन्त्रीलाई जानकारी गराइसकेको छु ।”
जेनजी आन्दोलनपछि गठन भएको वर्तमान सरकारमा गुप्ताले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका थिए । उनी वर्तमान मन्त्रिपरिषद्मा नयाँ पुस्ता अर्थात् जेनजीको प्रतिनिधित्व गर्ने प्रमुख अनुहार थिए । निर्वाचनमा सक्रिय हुन र कानुनी प्रक्रिया पुरा गर्न उनले निर्वाचनअघि नै सरकारबाट बाहिरिने निर्णय लिएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण