जेनजी आन्दोलनपछि पहिलो पटक ओली गृहजिल्ला झापामा
झापा । लामो समय काठमाडौँ उपत्यकामा सिमित रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली जेनजी आन्दोलनपछि लागू भएको यात्रा प्रतिवन्ध फुकुवा भएसँगै पहिलो पटक आफ्नो गृहजिल्ला झापा पुगेका छन् । सोमबार बिहान भद्रपुर विमानस्थलमा ओर्लिएलगत्तै स्थानीय नेता–कार्यकर्ताहरूको बाक्लो उपस्थितिमा उनको स्वागत भएको थियो ।
विमानस्थलबाट सिधै दमकतर्फ प्रस्थान गर्दै ओलीले कार्यकर्ताहरूसँग भेटघाट र चुनावी रणनीतिमा छलफल सुरु गरेका छन् । गत भदौमा भएको युवा नेतृत्वको जेन–जी आन्दोलनका क्रममा हिंसा भड्किएपछि जाँचबुझ आयोगले ओलीमाथि काठमाडौँ उपत्यका बाहिर यात्रा गर्न रोक लगाएको थियो ।
आयोगले हालै प्रतिवन्ध हटाएसँगै ओलीको यो भ्रमणलाई चुनावी सरगर्मीको संकेतका रूपमा हेरिएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्ता गराउन र कार्यकर्तालाई निर्देशन दिन ओली झापा गएका हुन् ।
एमालेले यसअघि नै उनलाई सोही क्षेत्रबाट सर्वसम्मत उम्मेदवार सिफारिस गरिसकेको छ । यो क्षेत्र ओलीको परम्परागत गढ मानिन्छ । जहाँ यसपटक राष्ट्रिय स्वतन्त्र पार्टीका बालेन्द्र शाह र अन्य प्रतिष्पर्धीहरूले पनि दाबी गरेका छन् । यो यात्रालाई ओलीको राजनीतिक कमब्याकको प्रतिकका रूपमा पनि लिइएको छ । –न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक विकृतिविरुद्ध नाटक ‘सहीछाप’
-
शीर्ष स्थानका लागि इङ्गल्याण्ड र घाना भिड्दै
-
सिटी स्क्यान सेवा बिग्रिएपछि भरतपुर अस्पतालमा बिरामीलाई वैकल्पिक व्यवस्था
-
रास्वपा महाधिवेशनमा चुनावी रौनक: आफ्नो प्रतिनिधिको लागि भोट माग्दै समर्थक (तस्बिरहरु)
-
समाजवादी कम्युनिस्ट पार्टी नेपालको महासचिवमा अशोक सुवेदी चयन
-
रोनाल्डो बने लगातार ६ विश्वकपमा गोल गर्ने पहिलो खेलाडी, पोर्चुगलद्वारा उज्बेकिस्तान स्तब्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण