एमालेका जगदिश कुसियैतको टिकट खोसियो, कांग्रेस छाडेर आएका हुसेन बने उम्मेदवार
सारांश
- नेकपा एमालेले सुनसरी-४ मा जगदिशप्रसाद कुसियैतको टिकट खोसेको छ।
- पार्टीले कुसियैतलाई सुनसरी-३ बाट सार्दै सुनसरी-४ मा उम्मेदवार बनाउने निर्णय सच्याएको थियो।
- कांग्रेसबाट एमालेमा प्रवेश गरेका आब्बुल अन्सारीलाई कुसियैतको स्थानमा टिकट दिइएको छ।
विराटनगर । सुनसरी क्षेत्र नं. ४ मा नेकपा एमालेले जगदिशप्रसाद कुसियैतलाई दिएको टिकट खोसेको छ ।
गत शनिबार बसेको एमाले केन्द्रीय सचिवालय बैठकले कुसियैतलाई सुनसरी–३ मा उम्मेदवार बनाउने निर्णय गरेको थियो । उक्त निर्णयलाई आइतबार सच्याएर सुनसरी–४ मा उनलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
सोमबार कुसियैतको टिकट खोसेर कांग्रेसबाट सोमबार मात्र एमालेमा प्रवेश गरेका आब्बुल अन्सारीलाई उम्मेदवारीको टिकट थमाइएको छ । हुसेन कांग्रेसबाट टिकट नपाउने भएपछि एमालेमा प्रवेश गरेका थिए ।
जगदीशको क्षेत्र र जिल्लाबाट एकल नाम सिफारिस भएको थियो । एकल नाम सिफारिस हुँदा पनि भर्खरै पार्टी फेरेर आएकालाई उम्मेदवार बनाइएको भन्दै उनी आक्रोशित बनेका छन् । गत चुनावमा नेपाली कांग्रेसका पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसँग कुसियैत ११२ भोटको झिनो मतान्तरले पराजित भएका थिए ।
एमाले सुनसरीका इन्चार्जसमेत रहेका कुसियैतले आफू उम्मेदवारीबाट ब्याक नहुने बताएका छन् । उनको असन्तुष्टिलाई साम्य पार्न सुनसरी–२ मा उठाएर रेवतीरमण भण्डारीलाई ब्याक गर्ने सम्भावना रहेको एमाले स्रोतले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाँके राष्ट्रिय निकुञ्जमा पूर्वसूचना प्रणाली जडान
-
नेपालमा बालयौन दुराचारको अभियोगमा सजाय काटेका कुम्ब्स अमेरिकमा पनि दोषी ठहर
-
नेपालमा जलवायु-स्मार्ट कृषि विस्तारका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक : मन्त्री चौधरी
-
जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट एक करोड १४ लाख राजस्व सङ्कलन
-
तस्करीको नयाँ शैली : सिरक र ज्याकेटभित्र सिलिकनमा मिसाएर ल्याइएको साढे ४ किलो कोकेन बरामद
-
जलवायु स्मार्ट कृषि विस्तारको लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक : मन्त्री चौधरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण