बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

मनाङ–१ मा रोकिए देव, यशोदा बनिन् उम्मेदवार

सोमबार, ०५ माघ २०८२, १४ : ०९
सोमबार, ०५ माघ २०८२

सारांश

  • नेपाली कम्युनिस्ट पार्टीले मनाङ-१ को उम्मेदवार परिवर्तन गरेको छ, देव गुरुङको ठाउँमा यशोदा सुवेदी उम्मेदवार बन्ने भएकी छन्।
  • देव गुरुङले चुनाव नलड्ने निर्णय गरे, र पार्टीले दिएको जिम्मेवारी पूरा गर्ने बताएका छन्।
  • यसअघि गुरुङ २०६४ मा मनाङ-१ र २०७४ मा लमजुङ-१ बाट विजयी भएका थिए, २०७९ को निर्वाचनमा उनी पराजित भएका थिए।

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीले मनाङ- १ को उम्मेदवार परिवर्तन गरेको छ । पूर्वमन्त्री तथा साबिक माओवादीका महासचिव देव गुरुङ उम्मेदवारी दर्ताका लागि आज मनाङ जाने कार्यक्रम रहेको थियो । तर गुरुङको ठाउँमा नेकपाका नेतृ तथा उनकी पत्नी यशोदा सुवेदी उम्मेदवार बन्ने भएकी छन् ।

रातोपाटीसँग कुरा गर्दै गुरुङले उम्मेदवारीबाट पछि हटे पनि पार्टीले जे जिम्मेवारी दिन्छ त्यही गर्ने बताए । ‘चुनाव नलड्ने निर्णय गरेँ । पार्टीले जे जिम्मेवारी दिन्छ, त्यही काम गर्छु’, उनले भने ।

साबिक माओवादी केन्द्रका महासचिव समेत रहेका गुरुङ २०६४ सालमा मनाङ–१ र कास्की–१ बाट विजयी भएका थिए । २०७० मा चुनाव बहिस्कार गरेका उनले २०७४ को निर्वाचनमा लमजुङ–१ बाट विजयी भए । 

२०७९ सालको निर्वाचनमा सोही क्षेत्रबाट पराजित भएका थिए । फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि उम्मेदवारी दिन सुवेदी मनाङ जान लागेको गुरुङको सचिवालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप