मोरङमा नेकपाले टुङ्ग्यायो उम्मेदवार
विराटनगर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले मोरङ जिल्लाका सबै (६ वटै) निर्वाचन क्षेत्रका लागि आफ्ना उम्मेदवारहरूको नामावली टुङ्गो लगाएको छ ।
नेकपाले सार्वजनिक गरेको नामावली अनुसार मोरङको क्षेत्र नं. १ मा कूल प्रसाद साम्बा (लिम्बू), क्षेत्र नं. २ मा चन्द्रवीर राई र क्षेत्र नं. ३ मा डा. देउमान सम्बाहाम्फेलाई उम्मेदवार बनाइएको छ ।
यसैगरी, क्षेत्र नं. ४ र ५ मा पार्टीले यसअघि नै एकल सिफारिस गरिएका प्रभावशाली नेताहरूलाई टिकट दिएको छ । क्षेत्र नं. ४ बाट पूर्वमन्त्री अमन मोदी र क्षेत्र नं. ५ बाट अर्का पूर्वमन्त्री शिव कुमार मण्डल चुनावी मैदानमा उत्रिने भएका हुन् ।
त्यस्तै, मोरङ क्षेत्र नं. ६ मा मजदुर नेता ओपेन्द्र रायलाई उम्मेदवार बनाउने निर्णय भएको छ । लामो समयदेखि मजदुर सङ्गठनमा रहेर राजनीति गर्दै आएका रायलाई पार्टीले यसपटक चुनावी प्रतिस्पर्धामा उतारेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
-
ट्रम्पको हस्तक्षेपमा रातो कार्ड निलम्बन : फिफामा उजुरी दिने नर्वेको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण