कांग्रेसबाट बागलुङमा श्रीस र पौडेल उम्मेदवार
सोमबार, ०५ माघ २०८२, १९ : ०२
पोखरा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसले बागलुङको दुई वटै निर्वाचन क्षेत्रमा उम्मेदवार टुङ्गो लगाएको छ ।
कांग्रेस बागलुङ क्षेत्र नम्बर १ मा भीम श्रीस र क्षेत्र नम्बर २ मा टेकराज पौडेललाई उम्मेदवार बनाएको हो ।
गत चुनावमा बागलुङका दुवै क्षेत्र कांग्रेसले उम्मेदवारी दिएन । क्षेत्र नम्बर १ मा राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीलाई सघाएको काँग्रेसले २ मा माओवादीका देवेन्द्र पौडेललाई सघाएको थियो ।
२०७४ सालको निर्वाचनमा क्षेत्र नम्बर १ मा नेकपा एमालेका सूर्य पाठकले चम्पादेवी खड्कालाई पराजित गरेका थिए भने २ मा कांग्रेसका निरज पुनलाई देवेन्द्र पौडेलले पराजित गरेका थिए । श्रीस र पौडेल लामो विद्यार्थी राजनीतिदेखि नै कांग्रेसमा सक्रिय छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
-
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
-
साउन २४ गतेबाट अवकाशमा जाने सचिव शर्माले दिए राजीनामा, मन्त्रिपरिषद्ले गर्यो स्वीकृत
-
गुगललाई युरोपेली संघले गर्यो ८९ करोड युरो जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण